कार्यभार सम्हालेकै दिन मन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन (भिडिओ) – Nepal Press

कार्यभार सम्हालेकै दिन मन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन (भिडिओ)

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् ।

मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी र एकमात्रै केन्द्रीय अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डहरुको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाहरुले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

मन्त्री गिरीले सेवाग्राहीसँग पनि जानकारी लिएका थिए । बालबालिकाको उपचार गर्ने केन्द्रीय अस्पताल भएकाले कान्तिबाटै सुधारको अभियान थालिएको उनले बताए ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौला र प्रा. लक्ष्मी तुईतुईले मन्त्रीलाई अस्पतालको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर