नेप्से परिसूचक ३२ अंकले बढ्यो

२०७९ माघ ३ गते १५:५३

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले उकालो लागेको छ । यस दिन नेप्से परिसूचक ३२.७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा अडिएको छ ।
बजारमा आज ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७.७६ रुपैयाँ बराबर सेयरको कारोबार भएको छ । उक्त कारोबारमा ज्ञ करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयरको किनबेच भएको छ ।
आजको कारोबारमा २५० कम्पनी सामेल थिए । दोहोरो अंकले बढेको बजारमा ३१ खर्ब ५० अर्ब भन्दा बढी बजार पुँजीकरण पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर