हात्तीको आक्रमणबाट सुनसरीमा एक पुरुषको मृत्यु – Nepal Press

हात्तीको आक्रमणबाट सुनसरीमा एक पुरुषको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणबाट सुनसरीको वराहक्षेत्र नगरपालिका ५ सिमरवनमा एकजनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का धनबहादुर माझीको मङ्गलबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

६५ वर्षीय माझी जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेलामा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले टाउकोमा किचेर अवस्थामा शव भेटिएको बराहक्षेत्र ५ का वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर