विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरु) – Nepal Press

विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, यस टुगेदर वी क्यानलगायत विभिन्न संघसंस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

साथै, उनीहरुले पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ वर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला, विदाई कसलाई ? थोत्रा जहाजकी सार्वजनिक सेवा ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

अज्ञात ३ जना यात्रुको खोजी तथा उद्दार जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर