गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी – Nepal Press

गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी

काठमाडौं । मन्त्रालयहरुको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आफ्नो निवासमा बोलाएका हुन् ।

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो ।

छलफलमा भएको समझदारीलाई सत्तारुढ दलहरुको वैठकबाट निर्णय गराउने प्रधानमन्त्रीको तयारी छ । अहिले बैठकमा अन्य दलका नेताहरु आइसकेको र एमाले अध्यक्ष ओलीको प्रतिक्षा भइरहेको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर