प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत – Nepal Press

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सोमबार बिहान बालुवाटार पुगेका सङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।

भेटमा राजदूत सङले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ नेपालसँगै रहने बताए ।

प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भ्रातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर