क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति पुन – Nepal Press

क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्।

नेपाल अर्बुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रवार आयोजित ३२औँ केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर बिरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिए।

संविधानले प्रत्येक नेपाली नागरिकलाई नि:शुल्क र समान पहुँचको ग्यारेण्टी गरेपनि उपचारको अभावमा गरिब जनताले विभिन्न रोगबाट मृत्युवरण गर्नुपरेकोमा दुःख व्यक्त गरे।

अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरूबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गरे।

नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताए।

नेपालमा वर्षेनी ३० हजार भन्दा बढी क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर