मुख्यमन्त्री निवासबाट बिदा भए राजेन्द्र राई – Nepal Press

मुख्यमन्त्री निवासबाट बिदा भए राजेन्द्र राई

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् ।

१४ महिना ९ दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका राई एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको चौथो दिनमा बिदा भएका हुन् । राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले सरकारी सेवा सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाटै लिन छाडेको पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

नागरिकलाई सूचित गराउन जरुरी ठानेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव हुँदाहुँदै पनि निवास छाड्न दुई दिन ढिला भएकोमा क्षमा चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर