पाण्डेको टिप्पणी- देशको लागि कुनै योगदान नदिएकाले घण्टी बजाएको भरमा २० सीट जिते (भिडिओ) – Nepal Press

पाण्डेको टिप्पणी- देशको लागि कुनै योगदान नदिएकाले घण्टी बजाएको भरमा २० सीट जिते (भिडिओ)

काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले देशको लागि केही नगरेकाहरुले घण्टी बजाएको भरमा २० सीट जितेको टिप्पणी गरेका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले सो पार्टीबाट निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा सांसद पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतामा संगठन र देशको पक्षमा कुनै योगदान नरहेको बताए ।

पाण्डेले भने, ‘तपाईंहरुले देखिरहनुभएको छ, आज संगठनको नाममा केही नभएकाहरु केबल घण्टी बजाएको भरले २० सीट जितेर संसदमा पुगेका छन् । हिजो कहीं आन्दोलन गरेका थिए ? कहीं देशको लागि बोलेको र गरेको छ ? छैन । तर, आज उनीहरु देशको नेतृत्व गर्न पुगेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

पाण्डेले अब नेकपा एसको संगठन विस्तारका लागि अनेरास्ववियूले देशका सबै वडामा नेता उत्पादन गर्नुपर्ने बताए । उनले आउने स्ववियु निर्वाचनमा संगठनले जित्नेगरी योजना बनाउन निर्देशन दिए ।

संगठनका अध्यक्ष सुदेश पराजुली अध्यक्षताको कार्यक्रममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर