राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबार गेटअगाडि यस्तो देखियो – Nepal Press

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबार गेटअगाडि यस्तो देखियो

काठमाडौं । आज ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत राजसंस्था शुभेच्छुक संस्था तथा सर्वसाधारणले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।

विक्रम सम्वत् २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुन: पछिल्ला वर्षमा बिदा हटाइएकोमा यसपटक बिदा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर