जसपाले चैतसम्ममा विधान अधिवेशन गर्ने, यी नेतालाई अभिलेख संकलनको जिम्मेवारी – Nepal Press

जसपाले चैतसम्ममा विधान अधिवेशन गर्ने, यी नेतालाई अभिलेख संकलनको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । जसपाको संगठन विभागले पार्टी समितिमा आबद्ध सदस्यहरू, जनसंगठन र क्रियाशील सदस्यहरूको अभिलेख माग गर्न सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।

चैतसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तीव्र पारेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाका अनुसार अभिलेख संकलनका लागि निम्न व्यक्तिहरूलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश १- खगेन्द्र माखिम

मधेस प्रदेश- कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का

वागमती प्रदेश- विद्युत बज्राचार्य

गण्डकी प्रदेश- धनप्रसाद तामाङ

लुम्बिनी प्रदेश – अशोककुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर

राष्ट्रिय समितिहरु – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी

जनवर्गीय संगठनहरु – रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव

गैरभौगोलिक- चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी

प्रवास विशेष प्रदेश समिति- रामसहायप्रसाद यादव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर