सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु – Nepal Press

सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

एजेन्सी । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् ।

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र  जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ ।

सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन् । तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर