प्रदेश १ मा सर्वदलीय बैठक, मुख्यमन्त्रीसहित केही मन्त्रीकाे नाम पेश गरिँदै – Nepal Press

प्रदेश १ मा सर्वदलीय बैठक, मुख्यमन्त्रीसहित केही मन्त्रीकाे नाम पेश गरिँदै

विराटनगर । प्रदेश १ मा सभामुख उपसभामुख चयन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।

संसद सचिवालयमा संसदको आगामी कार्यसूचीको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका उद्वव थापा, माओवादी केन्द्रका इन्द्र आङ्बो, राप्रपाका भक्ति सिटौला सहभागी छन् ।

बैठकपछि मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्नेछन ।

एमाले स्रोतका अनुसार आजै सानो मन्त्रिपरिषद्को नामावली प्रदेश प्रमुखसमक्ष पेश हुनेछ । भोलि मुख्यमन्त्रीले शपथ खाएपछि अरु मन्त्रीहरुको पनि शपथ गराउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर