माइतीघरमा लालटिन बालेर सरकारको खोजी- निर्मला र नकुर्नीको हत्यारालाई कारबाही गर्न माग
काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा विरोध र्यालीको आयोजना गरेको छ । प्रदर्शनकारीले लालटिन बालेर सरकारको खोजी गर्दै गर्दै सांकेतिकरूपमा विरोध गरेका छन् ।
कुर्मी र नकुर्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकार मञ्चले पैदल र्यालीसहित विरोध गरेको हो ।
उक्त विरोध र्यालीलाई डा. गोविन्द केसीले पनि समर्थन जनाएका छन् ।
तेस्रो चरणको आन्दोलन अन्तरगत आजै दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरू जुलुससहित माइतीघर मण्डलामा भेला भई बेलुका ४ बजे पत्रकार सम्मेलन गर्ने छन् ।
प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ।
तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ । उनी कांग्रेसबाट निर्वाचित प्रदेश
सांसद हुन् ।
(तस्बिरहरू: उमेश कार्की ।)