मैले बुझेका पुरुष र मनोवैज्ञानिक अध्ययनको निष्कर्ष – Nepal Press

मैले बुझेका पुरुष र मनोवैज्ञानिक अध्ययनको निष्कर्ष

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनिन्छन् । महिला र पुरुषबीचको सम्बन्धमा संसारमा हजारौँ वर्षदेखि धेरै अध्ययन, अनुसन्धान र निष्कर्षहरू आएका छन् । तर जसरी ब्रह्माण्डको अध्ययन असीमित छ, त्यस्तै हो महिला र पुरुषको मनोविज्ञानको अध्ययन पनि ।

मैले मेरो जीवनमा धेरै पुरुषहरूलाई नजिकबाट महसुस गरेकी छु । छोरीको रूपमा बुबाको मनोविज्ञान बुझ्नु, दिदी बहिनीको रूपमा दाजुभाइको मनोविज्ञान बुझ्नु र साथीको रूपमा पुरुष साथीको रूपमा पुरुष मनोविज्ञानलाई अनुभव गरेकी छु ।

कहिले सहकर्मीका रूपमा त कहिले प्रेमिकाका रूपमा हरेक महिलाले पुरुषसँग सम्बन्ध राख्छन् तर पुरुष के चाहन्छन् भन्ने बुझ्नै नपाई सम्बन्ध अन्त्र मोडिइसकेको हुन्छ । पुरुषलाई बुझ्न पुरुष मनोविज्ञान बुझ्नुपर्छ जुन महिलालाई बुझ्न भन्दा जटिल छ ।

व्यक्तिका अनुभव भन्दा ठूलो अध्ययनको निष्कर्ष हो, जसको आधारमा यो आलेखमा पुरुष मनोविज्ञान र महिलाको बारेमा तुलनात्मक चर्चा गर्न खोजिएको छ । जुन सामान्य अध्ययन मात्र हो, विस्तृत निष्कर्ष होइन ।

पुरुष र महिलाहरू धेरै पक्षहरूमा समान छन्, तर तिनीहरूको मनोविज्ञान विशेष गरी उनीहरूको सोचाई, बोलाई र गर्ने व्यवहारका साथै समस्या–समाधान, भावनात्मक आवश्यकताहरूको दृष्टिकोणमा फरक छ।

यही मनोवैज्ञानिक भिन्नतालाई बुझ्न नसक्दा संसारमा महिला र पुरुषबीचको सम्बन्ध कमजोर बन्दै गएको अध्ययनहरूले देखाएको छ । त्यसैले पनि पुरुष र महिलाबीचको मनोवैज्ञानिक भिन्नता जान्नु महत्त्वपूर्ण हुन्छ ।

केही दिनअघि काठमाण्डौमा म एउटा पसल छिरेँ । पसलमा एकजना दिदी हुनुहुन्थ्यो । केही तरकारी किनेर अलि राम्रो झोलामा हाल्दिनु है भन्दै मैले आफू कतै पाहुना जान लागेको सुनाए । ती दिदीको पसलको तरकारी गिफ्ट लग्दिऊँ भनेर किनेको कुरा मैले बुझाउन खोजेँ ।

मेरो कुरा सुन्ने बित्तिकै पसलकी दिदीले भनिन्–छोरी मान्छे भनेको छोरी मान्छे नै हो । कति बुझ्ने हुन्छन् छोरी मान्छे । छोरा मान्छे त कामै नलाग्ने, केही मतलब छैन यिनीहरूलाई । म त छोरी मान्छेलाई असाध्यै सम्मान गर्छु । उनी यति भनेर पनि रोकिइनन् ।

दिदीले पुरुष जातिलाई सारै मतलबी भनेर लामै प्रवचन दिन थालिन् । तर मलाई हतार थियो । म चाहिँ त्यहाँ बाट निस्किएँ । यो प्रसङ्ग यहाँ जोड्नुको कारण ती दिदीको पुरुषप्रतिको आक्रोशले मलाई सोचमग्न बनायो ।

मैले आफ्नो जीवनमा त्यस्ता धेरै महिला देखेँ जोसँग पुरुषप्रति गुनासोको चाङ नै छ । किनकि उनीहरूसँग पुरुषको व्यवहारको तितो अनुभव छ । पुरुष र महिलाको सोच्ने तरिकाबीचको आकर्षक भिन्नता छ ।

हरेक परिस्थिति र अवस्थामा कुनै पनि दुई पुरुषहरू ठ्याक्कै उस्तै नहोलान् तर अधिकांश पुरुषको कुनै परिस्थितिमा रियाक्ट गर्ने तरिका मिलिरहेको हुन्छ । किनकि त्यहाँनेर पुरुष मनोविज्ञानले भूमिका खेल्छ ।

प्रायः महिलाहरू आफ्नो  जिन्दगीमा के  चाहन्छन् भनेर प्रष्ट  नै  हुन्छन्  । उनीहरूले चाहेको प्राप्ति भएपछि खुसी बन्छन् । सानो कुरामा खुसी हुने र सानो कुरामै चित्त दुखाउने आम महिलाको मनोविज्ञान हो ।

के पुरुष जाति खराब बन्दै गएर महिला र पुरुषबीचको सम्बन्ध बिग्रिँदै गएको हो त ? वा महिला अबुझ बन्दै गएको हो? तर यो दुइटै होइन । यहाँनेर लैङ्गिक मनोविज्ञानको भिन्नताले प्रभाव पारेको छ ।

भन्न त भनिन्छ,महिलालाई बुझ्न गाह्रो छ । स्त्रीद्धेषी मानिने ग्रन्थहरूमा पनि भनिएको छ नि, ‘त्रिया चरित्रं, पुरुषस्य भाग्यम; देवो न जानाति कुतो मनुष्यः।।’ अर्थात् स्त्रीको चरित्र र पुरुषको भाग्य कसैले बुझ्न सक्दैन । यथार्थ त्यस्तो होइन ।

तर सत्य के हो भने पुरुषलाई बुझ्न झन् कठिन छ । प्रायः महिलाहरू आफ्नो जिन्दगीमा के चाहन्छन् भनेर प्रष्ट नै हुन्छन् । उनीहरूले चाहेको प्राप्ति भएपछि खुसी बन्छन् । सानो कुरामा खुसी हुने र सानो कुरामै चित्त दुखाउने आम महिलाको मनोविज्ञान हो ।

महिलाहरू साधारण र सन्तुष्ट प्राणी हुन् । तर पुरुष त्यसको ठिक विपरीत हुन् । उनीहरू जिन्दगीभर केही न केही अभाव महसुस गरिरहन्छन् । हरेक पुरुष केही न केही खोजिरहन्छन् । उनीहरूले के चाहेको हो भन्ने कुरा उनीहरूलाई नै थाहा नभएको जस्तो ।

बिहेअघि एक महिलाले पुरुषलाई असाध्यै महत्त्व दिन्छन् । कतिपयले त आफ्नो सपनाको राजकुमारलाई सम्झिएर कति सपना बुनेका हुन्छन् । अझ कतिपयले एउटा पुरुष आफ्नो जीवनमा आएपछि सबै समस्या हराएर जाने सम्म सोच्छाैँ । अझ हामीलाई गतिलो श्रीमान् भए जिन्दगी सुखी हुन्छ भन्ने भ्रमले समेत कहीँ न कहीँ गाइड गरिरहेको छ ।

कतिपय महिलाहरूको सफल पुरुषसँग विवाह गरेर खुशी जिन्दगी बिताउने बाहेक अरू केही सपना हुँदैन । एउटी महिलाको लागि उसको श्रीमान् नै जीवनको सबै थोक हो । तर के एउटा पुरुषले त्यसै गरी सोच्छन् त ?

पुरुषले पनि हामी महिलाले जस्तै सोचिदेओस्, हामीले गम्भीर रूपमा लिएका ,हामीले संवेदनशील ठानेका विषयमा पुरुषले पनि त्यसै गरी सोचोस् भन्ने हामी चाहन्छौँ तर त्यस्तो हुँदैन । त्यही भएर पुरुषसँग महिलाको अत्यधिक गुनासो हुन्छ । यो गुनासो कम हुनको लागि दुवैले एक अर्काको मनोविज्ञान बुझ्न जरुरी छ ।

अध्ययन अनुसार एउटी महिला वर्तमानबाट बढी आनन्द उठाउँछिन् । तर पुरुष सधैँ आगामी जीवनको बारेमा सोच्छ । एक महिला हुनु,पुरुष हुनुभन्दा फरक यस अर्थमा छ कि महिला अधिक भावनात्मक हुन्छन् । पुरुषलाई लाग्छ कि महिलाहरू सानो विषयलाई ठुलो बनाउँछन् । वा सोच्नै नपर्ने विषयमा सोच्छन् । तर त्यहीँनेर पुरुषले पनि महिला मनोविज्ञान बुझ्न आवश्यक छ ।

अध्ययन अनुसार एउटी महिला वर्तमानबाट बढी आनन्द उठाउँछिन् ।  तर पुरुष सधैँ आगामी जीवनको बारेमा सोच्छ । एक महिला हुनु,पुरुष हुनुभन्दा फरक यस अर्थमा  छ  कि  महिला अधिक भावनात्मक हुन्छन्  ।

पुरुष मनोविज्ञानमा अनुसन्धान गरेका मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू महिलासँगको शारीरिक घनिष्ठतालाई बढी महत्त्व दिन्छन् । पुरुषहरू शारीरिक स्नेहले भावनात्मक पूर्णताको अनुभूति गर्छन्। पुरुष मनोविज्ञानले यदि पुरुषले कुनै पनि अवस्थामा माहिलाबाट शारीरिक प्रेम पाउने अवसर पायो भने त्यो अवसर गुमाउन चाहँदैनन् भनेको छ ।

अनि एउटी महिलाको लागि सधैँ एउटा डर त्यो रहन्छ कि आफ्नो पार्टनर अरू कसैको पर्छन् कि ? अर्थात् आफूभन्दा बाहिर अर्को पार्टनरसँग लाग्छन् कि ? महिलाहरू कुनै पनि बाध्यात्मक अवस्था वा स्वार्थ नजोडिए आफूले प्रेम गरेको पार्टनरबाहेक अरू पुरुषसँग शारीरिक सम्बन्ध राख्न रुचाउँदैनन् । तर पुरुषले अवसर पाएको हरेक शारीरिक सम्बन्ध गुमाउन चाहँदैन ।

पुरुषहरूको मनोविज्ञान सम्बन्धी अध्ययनका अनुसार पुरुषहरूले आफ्नो आत्मसम्मान कायम राख्न अरूबाट प्रशंसा र सम्मान खोज्छन्। पुरुषहरू प्रायः दैनिक जीवनका पक्षहरूमा सम्मानित हुन चाहन्छन् । पुरुष मनोविज्ञानमा अक्सर गर्व को भावना छ। धेरै पुरुषहरू विश्वास गर्छन् कि उनीहरू सक्षम र बौद्धिक छन् । उनीहरूको जीवनमा धेरै भन्दा धेरै महिला साथीहरू भइदिउन् ।

पुरुष मनोविज्ञानमा अनुसन्धान गरेका मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू महिलासँगको शारीरिक घनिष्ठतालाई बढी महत्त्व दिन्छन् । पुरुषहरू शारीरिक स्नेहले भावनात्मक पूर्णताको अनुभूति  गर्छन्। पुरुष मनोविज्ञानले यदि पुरुषले कुनै पनि अवस्थामा माहिलाबाट शारीरिक प्रेम पाउने अवसर पायो भने त्यो अवसर गुमाउन चाहँदैनन् भनेको छ ।

अध्ययनमा संलग्न मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू कस्तो सोच्छन् भन्ने बारे महिलाहरूमा धेरै गलत धारणाहरू छन् । यसको मतलब यो होइन कि महिलाहरू कहिल्यै सही हुँदैनन् । किनकि कतिपय व्यक्ति विशेषमा पनि निर्भर रहला ।

एक महिलाले आफ्नो पारिवारिक जीवन सुरु गर्नुअघि, पुरुष मनोविज्ञान बुझेर उसलाई राम्रोसँग चिन्न आवश्यक छ । यही कुरा पुरुषको हकमा पनि लागू हुन्छ । त्यसो भए मात्र एक महिला र पुरुषबीचको सम्बन्ध सधैँ स्वस्थ रहन सक्छ ।

पछिल्लो अनुसन्धान द न्यु साइकोलोजी अफ म्यानमा पुरुष र महिलाबीचको ‘कनेक्सनको संकट’ अनुभव गरिरहेको वैज्ञानिकहरूले उल्लेख गरेका छन् । पुरुषहरूलाई पुरुषत्वको सङ्कट र सम्बन्धको सङ्कटको समाधान खोज्न मद्दत गर्ने भनिएको उक्त अध्ययनमा लैङ्गिक सम्बन्धलाई मजबुत बनाउन पुरुष मनोविज्ञानलाई बढी बुझ्न आवश्यक रहेको उल्लेख छ ।

पुरुषहरूको मनोविज्ञान बुझ्न किन आवश्यक छ ? के सबै मनोविज्ञान पुरुषहरूको मनोविज्ञान होइन ? हो, पुरुषहरू प्रायः मनोवैज्ञानिक अनुसन्धानको केन्द्र बिन्दु भएका छन् विगत १५ वर्षमा पुरुष मनोविज्ञानबारे सयौँ अनुसन्धान भएको छ । तर अध्ययनहरूमा पुरुषलाई समग्र रूपमा मानवताको प्रतिनिधिको रूपमा हेरेको पनि उल्लेख छ ।

पुरुष र पुरुषत्वको लागि एक मनोवैज्ञानिक दृष्टिकोणको लागि एक रूपरेखा प्रदान गरेका छन् । जसले पुरुष भूमिकाको परम्परागत मानदण्डहरू जस्तै प्रतिस्पर्धा, स्थिति, कठोरता, र भावनात्मक स्टोइकिज्ममा जोड र केही पुरुष समस्याहरू जस्तै आक्रामकता लाई प्रश्न गर्दछ। र हिंसा, महिलाहरूको अवमूल्यन पनि केन्द्रमा राखेर अनुसन्धान भएको छ ।

निष्कर्षमा भन्नु पर्दा,महिलालाई बुझ्न जति सजिलो छ त्यति सहज पुरुषलाई बुझ्न छैन । पुरुषको जीवन कहिल्यै नरित्तिने अतृप्त चाहना र सपनाको डङ्गुर हो भने भने महिला सरल र सहज जीवनको भोको हुन् ।


प्रतिक्रिया