जसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने – Nepal Press

जसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ । आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको हाे ।

न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको जसपाले जनाएको छ ।

पार्टीका मूलभूत सिद्धान्तहरूको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको र नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति लगायतका विषय समेटिएको जसपाले जनाएको छ ।

जसपाले पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयमा भने असहमति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर