कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु – Nepal Press

कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो ।

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् ।

हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर