केपी ओलीबाट धोका खाएपछि देउवाजी हिस्स बुढो खिस्स दाँत भए- माधव नेपाल (भिडिओ) – Nepal Press

केपी ओलीबाट धोका खाएपछि देउवाजी हिस्स बुढो खिस्स दाँत भए- माधव नेपाल (भिडिओ)

‘प्रचण्डजीले केपी ओलीसँग हामी दुवैजना जाउँ भन्नुभयो,तर हामीलाई बेवास्ता गरेर एक्लै बालकोट जानुभयो’

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् ।

नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताए ।

अध्यक्ष नेपालले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताए । सरकारको लागि दावी गर्ने दिनको साढे १२ बजेपछि खेला बिग्रिएको भन्दै नेपालले देउवाले बालुवाटारको बैठकमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन सकिएन भनेपछि सबै बिग्रिएको बताए ।

नेपालले भने-एमालेले प्रचण्डजीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउँदैन,तपाई नै हो भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो लास्टमा । एमालेबाट धोका खानुभयो,त्यसबीचमा प्रचण्डजीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भने पनि ढिलो भएपछि केही पार लागेन ।

नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई बेवास्ता गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले यसको गम्भीर समिक्ष हुनुपर्ने बताए ।

नेपालले भने–प्रचण्डजी प्रधानमन्त्री बनेकोमा कुनै दुखेसो छैन । तर जुन हिसाबले हाम्रो पार्टीलाई बेवास्ता गरियो । त्यो हाम्रो निमित गम्भीर विषय बनेको छ। उहाँले अब कांग्रेसले हामीलाई सहयोगीमात्र बनायो । केपी ओलीसँग तपाई र म गएर कुरा गरौं भन्नुभयो तर एक्लै जानुभयो ।

नेपालले सरकारमा जान नेकपा एस नहतारिएको समेत प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “केपी ओलीबाट धोका खाएपछि देउवाजी हिस्स बुढो खिस्स दाँत भए- माधव नेपाल (भिडिओ)

  1. केपिको सरकार ढाल्नेहरूलाई केपिले धोखा दिए भन्न लाज छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर