मल्ल भन्छन्- फिक्सिङको अप्रोच जहाँ पनि हुन्छ, नेपाल टी-२० रोक्ने कुरा हुँदैन – Nepal Press
नेपाल टक

मल्ल भन्छन्- फिक्सिङको अप्रोच जहाँ पनि हुन्छ, नेपाल टी-२० रोक्ने कुरा हुँदैन

काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा सम्भावित म्याच फिक्सिङ तथा स्पट फिक्सिङको विषयमा अहिले केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले छानबिन गरिरहेको छ । प्रतियोगिता सञ्चालक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले फिक्सिङको सूचना आएपछि प्रतियोगिता स्थगित गर्ने प्रस्ताव गरे पनि क्यानले नमानेको आरोप लगाएको छ । यतिवेला क्यानका पदाधिकारी नै शंकाको घेरामा छन्। यही विषयमा क्यानका कार्यवाहक सचिव एवं प्रतियोगिताको गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लसँग गरिएको कुराकानी :

– यो विवाद एकाएक कसरी आयो ?

सेभेन थ्री स्पोर्टसका मान्छेहरु भारत फर्किएपछि समस्या देखिएको हो ।

– सेभेन थ्री स्पोर्ट्सले हामीलाई फिक्सिङको सूचना आयो, प्रतियोगिता स्थगित गरौं भन्ने प्रस्ताव क्यानलाई गरेको रहेछ नि ?

यो सबै कुरा झूटो हो । स्पट फिक्सिङका कुराहरु आएपछि हामीले वीर सिंह (एन्टी करप्सन युनिट)मार्फत केही मान्छेहरुलाई कारबाही पनि गर्‍यौं । प्रमाण थिएन । तर, शंका लागेपछि टीमबाट हटाइयो । यो वीर सिंहकै अगाडि भएको कुरा हो । त्यहाँ जतिन (सेभन थ्री स्पोर्टस) पनि थियो । जतिनले त्यसरी फिक्सिङको कुरा आएपछि १५ दिन प्रतियोगिता रोकौं र दुबईमा गरौं भन्ने प्रस्ताव गर्‍यो । हामीलाई प्रतियोगिता रोक्नु र दुबई लैजानुको इन्टेनसनमाथि शंका लाग्यो ।

यत्रो विदेशी खेलाडी आएको प्रतियोगिता सुरु गरेर रोकौं भन्नुको अर्थ सेभेन थ्री स्पोर्ट्सको इन्टेन्सन प्रतियोगितालाई अलपत्र पार्ने देखियो । त्यस्तो पाइए कारबाही गर्दै अगाडि बढ्ने हो । कुनै खेलाडी वा अफिसियल संलग्न हुन्छ वा आशंका हुन्छ भने उसलाई कारबाही गर्दै, हटाउँदै पो जाने हो ।

– त्यस्तो के शंका थियो ?

लिग सुरु भएपछि यस्ता एक-दुई वटा घटना आउँछन् । हिजोको दिनमा ईपीएल (एभरेस्ट प्रिमियर लिग)मा पनि एक-दुईव टा यस्ता घटना भएका थिए । क्यानमा उजुरी आएको रेकर्ड हामीसँग छ । त्यो कुरा आमीर (ईपीएल आयोजक)लाई पनि थाहा छ । एक-दुई वटा घटनामा डाउट भयो भन्दैमा प्रतियोगिता नै रोक्ने भन्ने हुँदैन। फिक्सरले अप्रोच त जहाँ पनि गर्छन् । आईपीएलमा पनि हुन्छ । दुनियाँमा जहाँ पनि हुन्छ ।

यत्रो विदेशी खेलाडी आएको प्रतियोगिता सुरु गरेर रोकौं भन्नुको अर्थ सेभेन थ्री स्पोर्ट्सको इन्टेन्सन प्रतियोगितालाई अलपत्र पार्ने देखियो । त्यस्तो पाइए कारबाही गर्दै अगाडि बढ्ने हो । कुनै खेलाडी वा अफिसियल संलग्न हुन्छ वा आशंका हुन्छ भने उसलाई कारबाही गर्दै, हटाउँदै पो जाने हो । तर, लिग रोक्ने भन्ने कुरा हुँदैन । खर्च धान्न नसकेर, दर्शकहरु नआएर, प्रायोजकहरु नआएर उनीहरु पछि हट्न खोजे जस्तो देखियो । त्यसरी प्रस्ताव गरेको भोलिपर्सिपल्ट सेभेन थ्री स्पोर्ट्सका अधिकारीहरु हिन्दिए ।

– फिक्सिङको आशंकापछि हटाइएको चाहिं कसलाई हो ?

त्यसरी उजुरी आएपछि हामीले एक टीमका म्यानेजरलाई हटाएका छौं भने खेलाडीलाई खेल्न दिएका छैनौं । तर, समस्या के छ भने फिक्सिङ गरेको हो भन्ने कुराको प्रमाण हामीसँग छैन । एन्टी करप्सनले पनि ‘हामीसँग प्रमाण छैन । तर, शंका छ’ भनेको छ । त्यही आधारमा कारबाही गरिएको हो । तर, शंकाहरु अलिक बढी नै हुन थाले । ब्याट्सम्यानले दुईवटा छक्का हाने भने वा बलरले लगातार दुईवटा वाइड फ्याले भने शंका गर्न थालियो । यो त पार्ट अफ क्रिकेट पनि हो नि ! आईपीएलमा पनि त बलरले तीनवटा वाइड र दुईवटा नोबल पनि फ्याँकिरहेका हुन्छन् नि ! हामी हेरिरहेकै हुन्छौं । अहिले अलिक बढी हल्ला फैलाइयो ।

क्यानको उद्देश्य नेपाली खेलाडीले पैसा पाऊन् र क्रिकेट अगाडि बढोस् भन्ने हो । साथै खेलाडीले फिक्सिङ गर्न सक्ने कुराहरुलाई पनि उत्तिकै ध्यान दिएका छौं । किनभने अन्य ठाउँमा पनि फिक्सिङका कुराहरु आइरहेकै हुन्छन् ।

– क्यानले क्रिकेट ध्वस्त बनायो र संवेदनशील भएन भन्ने कुराहरु आइरहेका छन् नि ?

त्यो सरासर झूट हो । हामी निकै गम्भीर छौं । हामीले यो प्रतियोगिताअगाडि नै सीआईबीलाई अनुरोध गरेका थियौं, तपाईंहरुले एकदमै राम्रोसँग हेरिदिनु होला । कोही अनावश्यक मान्छे होटलमा आउजाउ भएको हेर्न टीम रहेको होटलमा सीआईबीका अधिकारीहरु पनि बस्नु भएको छ । त्यहीं सुत्नु हुन्छ । सीआईबीको टोली नै ग्राउन्डमा छ । क्यानको उद्देश्य नेपाली खेलाडीले पैसा पाऊन् र क्रिकेट अगाडि बढोस् भन्ने हो । साथै खेलाडीले फिक्सिङ गर्न सक्ने कुराहरुलाई पनि उत्तिकै ध्यान दिएका छौं । किनभने अन्य ठाउँमा पनि फिक्सिङका कुराहरु आइरहेकै हुन्छन् । त्यो चिज रोक्नु नै हाम्रो उद्देश्य हो । कोही खेलाडीले बदमासी गर्छ भने त्यो खेलाडी फस्छ ।

– ज्ञानेन्द्र मल्लले समेत आफ्ना सहकर्मीलाई फिक्सिङका लागि अप्रोच भएको थियो भनेर सार्वजनिक गर्नुभएको छ । यसमा के भन्नुहुन्छ ?

यो यसरी सार्वजनिक गर्ने, बोल्ने विषय होइन । यस्तो कुरा मिडियामा बोल्नेभन्दा एन्टी करप्सन अफिसरलाई भन्ने र एन्टी करप्सन अफिसरले क्यानलाई रिपोर्ट गर्ने हो । त्यसका आधारमा कसले के गरेको छ, उसलाई कारबाही गर्ने हो । ज्ञानेन्द्रले भनेको विषयमा सम्बन्धित व्यक्तिलाई टीमबाट हटाइसकिएको छ । ती व्यक्तिले फिक्सिङ गरेकोभन्दा पनि टीमले मेरो तरिकाबाट खेल्नुपर्छ भनेका रहेछन् ।

– अहिले भइरहेको प्रतियोगितामा फिक्सिङ भइरहेको छ भन्ने लाग्छ कि लाग्दैन तपाईंलाई ?

हामीलाई डाउट चाहिं छ केही खेलाडीहरुमा । उनीहरु हाम्रो राडरमा छन् । तर, त्यसको प्रमाण हामीसँग छैन । एन्टी करप्सनले शंका गर्दै त्यसबारे हामीलाई रिपोर्ट पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर