जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो – Nepal Press

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मुलुकको उपलव्धिलाई रक्षा गर्नका लागि पार्टी सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ ।

सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयता लगाएतका उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताएका थिए ।

यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले आफूहरुलाई अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झाएको र पछि सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थितिमा पुगेको बैठकपछि जसपा नेता डा. सुरेन्द्र यादवले जानकारी दिए । सरकारमा सहभागीताका विषयमा मंगलबार छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए ।

वर्तमान सरकारलाई समर्थन गरेको जसपा भित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा विवाद छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर