‘देउवाको दम्भले गठबन्धन भत्कियो, प्रतिगमन भन्दै उफ्रिएका प्रचण्ड पनि गइहाल्नु हुँदैनथ्यो’ – Nepal Press
नेपाल टक

‘देउवाको दम्भले गठबन्धन भत्कियो, प्रतिगमन भन्दै उफ्रिएका प्रचण्ड पनि गइहाल्नु हुँदैनथ्यो’

नेकपा एसकी उपाध्यक्ष जयन्ती भन्छिन्- ओलीले प्रचण्डलाई उबेलै प्रधानमन्त्री बनाएको भए यस्तो चकनाचूर हुँदैनथ्यो

भोजपुर टेम्केमैयुङ गाउँपालिका नागी घर भएकी नेतृ जयन्ती राई हाल नेकपा एकीकृत समाजवादीमा केन्द्रीय उपाध्यक्ष छिन् । उनी राष्ट्रियसभा सांसद पनि हुन् । २०६३/६४ को जनआन्दोलनपछि पुन:स्थापित संसद र त्यसपछिको व्यवस्थापिका संसदमा राई सांसद थिइन् । उनले देशकै पहिलो महिला जिविस उपसभापतिको परिचयसमेत बनाएकी छन् । भोजपुरको अन्नपूर्ण माविमा २०३६ सालबाट अनेरास्ववियुको राजनीति गरेकी राई एमालेनिकटको अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय उपाध्यक्ष भइन् ।

एमालेमा हुँदै माधव गुटमा रहेकी उनी पार्टी विभाजनमा साथ दिएर बसिन् ।

पाँचदलीय गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै नेकपा एसको अबको बाटो, सरकारमा सहभागिता वा समर्थन, एमाले, माओवादीलगायतका पार्टीसँगको एकताका विषयमा उपाध्यक्ष राईसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :-

– हिजोआज निरन्तर बैठक बसिरहनुभएको छ । के भइरहेको छ छलफल ?

स्थायी कमिटीको सकियो, पोलिटब्युरो बस्दैछौं । दुई दिन वृहत छलफल गर्‍यौं । अहिलेको यो परिस्थिति सिर्जना हुनुमा गठबन्धनमा देउवाले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ । त्यसपछाडि प्रचण्ड । हाम्रो यतिबेला केही भूमिका भएन । गठबन्धनमा बेइमान त उनीहरूले गरे । हामी अब पार्टी निर्माण गरेर साँच्चिकै क्रान्तिकारी पार्टी बनाउने एउटा त्यस्तो पार्टी चाहिन्छ पनि । जनताका एजेण्डा केन्द्रित गरेर जनतामाझ जाने पार्टी चाहिएको छ । अहिलेको सरकार वामपन्थीको खोल ओडेकाहरू, राजावादी, गैरनागरिक, दक्षिणपन्थी भेला भएका छन् । यो सरकारबाट जनतामा केही आशा पनि छैन ।

– नेकपा एस सरकारमा जान तयार हो कि होइन ?

अहिले होइन ।

– जानुपर्छ भन्ने धार पनि पार्टीभित्र छ नि त ?

अहिले लतारिएर सरकारमा जाँदैनौं । सरकारमा भएकाले त्यो ढंगले सोचेका पनि छैनन् । हामीसँग औपचारिक कुरा पनि छैन । राजावादी, विखण्डनकारी, चरम अवसरवादी, गैरनागरिक र वामपन्थीको खिचडी सरकार छ । यस्तो सरकारबाट आशा त के गर्न सकिन्छ र ? राष्ट्रिय परिस्थिति पनि धरापमा छ । मुलुक संकटकालीन अवस्थामा छ । यसमा जिम्मेवार हुनुपर्छ पार्टी र नेताहरू । रविहरूको ओझेलमा परेका छन् नेता र पार्टी । यस्तो बेला सरकारमा जान तम्सिने कुरा छैन ।

एमालेभित्रै नेताहरू कुनै हालतमा समाजवादीलाई ल्याउन हुन्न भनेर बाहिरै बोलेर हिँडिरहेका छन् । सबैलाई एउटै डालोमा हालेर पनि हेर्नहुन्न हुनसक्छ एमालेमा पनि केही नेता एकताको पक्षमा छन् । तर, त्यहाँका जिम्मेवार नेताहरूको भूमिका एकता नगर्ने पक्षमै छ नि । प्रदीप ज्ञवालीकै कुरा पनि सुन्नुभो होला ।

सरकारको भूमिका कस्तो हुन्छ । गुण र दोषको आधारमा सरकारको समर्थन वा विरोध गर्ने । हामीप्रति कस्तो व्यवहार गर्छ, हाम्रो आवश्यकता ठान्छ कि ठान्दैन । राष्ट्र र जनताको लागि कस्तो बोल्छ, न्यूनतम कार्यक्रम कस्तो ल्याउँछ नियालिरहेका छौं अनि समर्थनबारे टुंग्याउँछौं । हामी सरकार र गठबन्धनविरोधी केही होइनौं । हामी लालायीत चाहिँ छैनौं ।

– एमालेसँगको एकताको विषय चाहिँ के हो ?

त्यो बिल्कुल होइन । एक/दुई वर्ष कहीँ कोहीसँग हाम्रो कार्यक्रम, सिद्धान्त, नीति ठीक छ भनेर आउँछन् भने एकताको ढोका जहिले खुल्ला छ । तर, एमाले र माओवादीसँग अहिले नै एकता हुने हल्लामात्र हो । हुँदैहुँदैन भन्ने छैन । तर, यतिबेला वातावरण सहज देखिँदैन ।

– तर, एमालेका केही नेता र माधव नेपालबीच भेटघाट त भयो नि बीचमा ?

आधिकारिक रूपमा कोही कसैले भेटेको होइन । पटकपटक यस्तो हल्ला छर्दिन्छन् । चुनावको बेला पनि एकता भइहाल्छ किन दु:ख गर्ने भन्दै भ्रम पारेर बा एकता पो भइहाल्छ कि भनेर कार्यकर्तालाई अलमल्याए । अहिले पनि हाम्रो तर्फबाट भन्दा पनि एमालेकै तर्फबाट बढी छरियो । उनीहरूको आधिकारिक कुरा पनि केही आएको छैन । राष्ट्रपति दिने भन्ने पनि हल्लामात्र हो । एमालेभित्रै नेताहरू कुनै हालतमा समाजवादीलाई ल्याउन हुन्न भनेर बाहिरै बोलेर हिँडिरहेका छन् । सबैलाई एउटै डालोमा हालेर पनि हेर्नहुन्न हुनसक्छ एमालेमा पनि केही नेता एकताको पक्षमा छन् । तर, त्यहाँका जिम्मेवार नेताहरूको भूमिका एकता नगर्ने पक्षमै छ नि । प्रदीप ज्ञवालीकै कुरा पनि सुन्नुभो होला ।

हामी पहिला शक्ति निर्माण गर्छौं । छरिएर रहेका शक्ति एकढिक्का हुन्छौं । अन्य पार्टीका साथीहरू पनि भित्रिन खोजिरहनुभएको छ उहाँहरूलाई ल्याउँछौं अब छुट्टै ढंगले जानुपर्छ । नयाँ विचार, आनीबानी सबै परिवर्तन गरेर जानुपर्छ । जनताको निम्ति बोल्ने साँच्चिकै क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यक छ । हामी त्यो दिशामा अघि बढ्छौं ।

– १० सीटमा खुम्चिनुभन्दा एकता गरेर ठूलो पार्टी भई बस्नु फाइदा होइन र ?

ठूलो पार्टीको त अर्थै भएन नि । ठूलो पार्टीले मात्र काम गर्न सकिन्छ भन्ने हुँदो रहेनछ । बहुमतको सरकार हुँदा त आखिर केही गर्न सकिएन । कम्युनिष्ट आन्दोलन नै ध्वस्त गर्ने काम भयो । बहुमतको सरकार बनाएर संविधानलाई नै झण्डै सक्ने काम भयो । यो व्यवस्थालाई नै अन्त्य गर्ने काम भयो झण्डै । राम्रो विचार, असल काम गर्ने पार्टी नै जनताको मनमनमा बस्छ प्रिय पार्टी बस्छ । काम राम्रो गरेको भए रवि लामिछाने, बालेन साह किन जन्मिन्थिए त ।

– गठबन्धन भत्किनुमा क-कसलाई जिम्मेवार देख्नुहुन्छ ?

गठबन्धन टुट्नु मुख्य जिम्मेवार चाहिँ कांग्रेस नै हो । प्रतिगमन भन्दै त्यत्रो उफ्रिएका प्रचण्डलाई पनि अहिले सबै सच्चियो । पार्टी र देशको कुनै मतलब भएन । अरु पनि देखिए । गठबन्धनभन्दा बाहिर भएपनि केपी ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेर भनिसकेपछि देउवा बढी ढुक्क भए । यता प्रचण्डसँग पनि साँठगाँठ पहिलादेखि नै भइसकेको थियो । प्रचण्डलाई प्रधानमन्त्री दिने नै थिए भने पहिले नै दिएको भए वामपन्थी शक्तिहरू यसरी चकनाचुर हुनेवाला थिएन । केपी ओलीले पनि आलोपालोको सहमतिअनुसार त्यतिखेरै प्रचण्डलाई दिएको भए हुन्थ्यो त्यसको सट्टा संसद विघटन गरे । त्यतिबेलै दिएको भए देश, कम्युनिष्ट आन्दोलन यति पछाडि पर्दैनथ्यो, पार्टी फुट्नेवाला थिएन । अहिले न माओवादी खुसी छ, न कांग्रेस खुसी छ ।

– गठबन्धनको एक हिस्सा भएको नाताले नेकपा एसले पनि जोगाउन सक्थ्यो नि होइन र ?

नेकपा एसकै कारण गठबन्धन यहाँसम्म आइपुगेको हो । धेरै ठूलो भूमिका निभाउनुभएको थियो अध्यक्ष माधव कमरेडले ।

– प्रचण्डले त अन्तिम समयमा आएर माधवजीले मलाई धोका दिनुभो भन्नुभयो नि ?

त्यो त गलत हो । विचरा माधव कमरेड बिरामी भएर अस्पतालमा हुनुन्थ्यो । त्यही बेला यो सबैथोक भयो । हामीले सचिवालय बसेर कतिपटक फोन गर्‍यौं । धेरै अनुरोध गर्‍यौं । प्रचण्डलाई पछि दिने पनि भएको थियो । उता एमालेसँग सम्झौता गरिसकेको रछ । प्रचण्डलाई पनि पद नभइ भएन । उनी पनि थामिएको भए धेरै राम्रो हुन्थ्यो । शेरबहादुर देउवालाई दम्भ भयो प्रधानमन्त्री र राष्ट्रपति दुवै नभई नहुने । प्रचण्डलाई पनि पदै चाहिने । हाम्रो त भूमिका खास थिएन । पछिल्लो चरणमा कसैले खोजेनन् पनि । यस्तो भइहाल्छ भन्ने पनि कसैलाई अनुमान भएन । अघिल्लो दिनसम्म सबैबीच हार्दिकता नै थियो । देउवाले पनि दिन्छु भनेकै हो तर वचन पूरा गरेको भए हुन्थ्यो । कांग्रेसमा पनि खेल्दिए धेरैजनाले ।

– स्थायी कमिटी बैठकमा झलनाथ खनालले ‘एक व्यक्ति एक पद’ को कुरा उठाउनुभएछ है ?

एक व्यक्ति एक पदको विषय पहिलेदेखि नै उठाएको हो । अहिले साँच्चै संगठन बनाउने हो भने त्यो ढंगले जानुपर्छ ।

– त्यो हुँदा त माधव नेपालले अध्यक्ष र दलको नेतामध्ये एक छाड्नुपर्छ नि हैन ?

माधव नेपाललाई मात्र जोड दिएको होइन । एउटै मान्छे विभिन्न ठाउँमा छ उनीहरूको कुरा हो । पार्टी अध्यक्ष दलको नेता हुनु त स्वाभाविकै हो । अरु पार्टीका पनि अध्यक्ष नै छन् । संसदीय दलको नेताको सवाल नै भएन अरु सबैको हकमा हो । जेएन कमरेड अध्यक्ष हुँदा पनि उहाँ नै हुनुभएको हो । माथिदेखि तलैसम्म केन्द्रीय सदस्य पनि, जनवर्गीय संगठनदेखि सबैतिर होल्ड गरेका छन् । पहिले एमालेमा पनि धेरै उठेको हो ।

ठूलो पार्टीले मात्र काम गर्न सकिन्छ भन्ने हुँदो रहेनछ । बहुमतको सरकार हुँदा त आखिर केही गर्न सकिएन । कम्युनिष्ट आन्दोलन नै ध्वस्त गर्ने काम भयो । बहुमतको सरकार बनाएर संविधानलाई नै झण्डै सक्ने काम भयो । यो व्यवस्थालाई नै अन्त्य गर्ने काम भयो झण्डै । राम्रो विचार, असल काम गर्ने पार्टी नै जनताको मनमनमा बस्छ प्रिय पार्टी बस्छ । काम राम्रो गरेको भए रवि लामिछाने, बालेन साह किन जन्मिन्थिए त ।

– वाम एकताको कुरा पनि उठिरहेको छ नि ?

त्यो त हाम्रो उद्देश्य नै हो । हामीले सक्ने गर्छौं । ६/७ वटाबीच एकता भइसक्यो । कम्युनिष्ट र वामपन्थी दुनियाँले भनेकै छन् । तर, व्यवहार चरित्र सबै हेर्ने हो । एकता भनेको एउटा पार्टी अर्कोमा जाने कुरामात्र भएन । भइदिए त राम्रो त्यति सजिलो भने छैन । अहिले कि हामी सबै स्वीकारेर जानुपर्‍यो । अहिले एमाले-माओवादीसँग एकता गर्नु भनेको हामी त्यहाँ विलय हुने हो ।

– नेकपा एस अब कुन रणनीतिमा अघि बढ्छ त ?

अब संगठन गठन र पुनर्गठनलाई व्यापकरूपमा अघि बढाउँछौं र सबै केन्द्रीय सदस्यलाई संगठन सुदृढीकरणमा परिचालन गर्छौं । बीचमा धेरै ग्याप छ । जनजीविका, जनसंघर्षका कुरा अहिलेसम्म उठेन । जुनसुकै सरकारले पनि यसलाई सम्बोधन गर्न सकेनन् । भ्रष्टाचारका विषयदेखि लिएर यी यावत् कुरालाई हामी सडकदेखि सदनसम्म लान्छौं ।

यति हुँदाहुँदै पनि हाम्रो बैठक अरु बेलाभन्दा निकै उत्साही भयो । पार्टी निर्माण गर्ने । गठबन्धनको भर पर्दै पार्टी काममा कोही लागेनन् साँच्चै भन्ने हो भने । अब संगठन बनाउन लाग्ने निचोडमा पुगेका छौं ।

हामी पहिला शक्ति निर्माण गर्छौं । छरिएर रहेका शक्ति एकढिक्का हुन्छौं । अन्य पार्टीका साथीहरू पनि भित्रिन खोजिरहनुभएको छ उहाँहरूलाई ल्याउँछौं अब छुट्टै ढंगले जानुपर्छ । नयाँ विचार, आनीबानी सबै परिवर्तन गरेर जानुपर्छ । जनताको निम्ति बोल्ने साँच्चिकै क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यक छ । हामी त्यो दिशामा अघि बढ्छौं ।


प्रतिक्रिया

One thought on “‘देउवाको दम्भले गठबन्धन भत्कियो, प्रतिगमन भन्दै उफ्रिएका प्रचण्ड पनि गइहाल्नु हुँदैनथ्यो’

  1. घर नै खरानी वनाउने गुटियाहरू कम्युनिस्ट आन्दोलन ध्वस्त बानाउने छि कसरी एमालेलाई गाली गर्न सकेका थ्रेसहोल्ड खै ?जनताले पत्याएत ?।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर