जलिरहेको कारबाट यसरी उद्धार गरिएको थियो रिसभ पन्तलाई – Nepal Press

जलिरहेको कारबाट यसरी उद्धार गरिएको थियो रिसभ पन्तलाई

काठमाडौं । भारतको हरिद्वारमा कार दुर्घटनामा परेर सख्त घाइते भएका क्रिकेटर रिसभ पन्त अहिले खतरामुक्त रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीबाट उत्तराखण्डस्थित रुर्कीमा रहेको आफ्नो घर गइरहेको अवस्थामा रिसभले चलाएको चलाएको तेज गतिमा रहेको कार डिभाडरमा ठोक्किएर विपरीत दिशातर्फ गाडी गुड्ने लेनमा बजारिएको थियो ।

क्रिक इन्फो डटकमका अनुसार सडकमा बजारिएपछि जल्न थालेको कारबाट बसका चालक र सहचालकसहितले रिसभलाई उद्धार गरेका थिए । हरियाणा रोडवेजका कर्मचारी रहेका सुशील कुमारले विपरीत दिशाबाट बस चलाएर ल्याइरहेको अवस्थामा कार ठोक्किएर बजारिएको देखेका थिए। बिहान साढे ५ बजे उक्त घटना भएको थियो ।

‘हामी बिहान साढे ४.२५ बजे हरियाणाबाट छुटेका थियौँ । बाटोमा आउँदा अत्यधिक तेज गतिको कार नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किएको देखेँ । कार उछिट्टिएर मैले कुदाइरहेको दिल्ला जाने दिशातर्फको दोस्रो लेनमा आईपुग्यो । मैले तत्कालै ब्रेक लगाएँ’, कुमारले भनेका छन्, ‘कारमा आगो लाग्न सुरु भइसकेको थियो, म र कन्डक्टर परमजित तत्कालै ओर्लिएर कार नजिक पुग्यौँ । अरु पनि पछि पछि आएपछि हामीले कारबाट रिसभलाई निकाल्यौँ ।’

त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र परमजितले एम्बुलेन्स बोलाएको उनले बताएका छन् । ’तिमी ठिक छौ नि भनेर सोध्यौँ । पानी खाने भन्यौ । सबैजना जम्मा भएपछि उनले आफू रिसभ पन्त भएको बताए । मैले त क्रिकेट फलो गर्दिनँ त्यसैले उनलाई चिनेको थिइनँ । तर परमजितले छक्क पर्दै उ भारतीय क्रिकेटर भएको मलाई बतायो ।’ सुशील कुमारले भनेका छन् ।

उनका अनुसार त्यसपछि रिसभले आफ्नी आमाको मोबाइल नम्बर दिएका थिए । फोन गर्दा स्वीच अफ रहेको र १५ मिनेटपछि एम्बुलेन्स आएको सुशीलले बताएका छन् । उनले छुट्न लाग्दा गाडीमा एक्लै थियौ भन्दा एक्लै भएको बताएको पनि उनले कुराकानीमा भनेका छन् । रिसभलाई उपचारका लागि देहरादुन पुर्याइएको थियो । उनको एमआरआई स्क्यानमा मस्तिष्क र स्पाइनमा कुनै समस्या नदेखिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर