काठमाडौंबाट एयर इण्डियामा कोलकाता उडेका यात्रु जहाजमै बिरामी, अस्पताल पुर्‍याउन नपाई मृत्यु – Nepal Press

काठमाडौंबाट एयर इण्डियामा कोलकाता उडेका यात्रु जहाजमै बिरामी, अस्पताल पुर्‍याउन नपाई मृत्यु

काठमाडौं । भारतको एयर इन्डिया विमानमार्फत काठमाडौंदेखि कोलकत्ताको उडानको क्रममा रहेका एक वृद्धको मृत्‍यु भएको छ ।

ल्यान्डिङ भन्दा केही समय अगाडि छाती दुखेको बताएका उनको ल्यान्डिङ पछि उपचारका लागि अस्पताल पुर्याउदा उनलाई मृत घोषणा गरिएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

उक्त घटना एयर इन्डियाको फ्लाइट एआई २४८ मा भएको हो । विमानस्थल स्रोतलाई उध्रदत गर्दै रिपोर्टमा उल्लेख भए अनुसार उडान पूर्व पीडित मिहिर सरकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

उडानको क्रम उनीमा स्वास्थ्य जटिलता देखिएपछि चालक दलले स्पेसियल क्लियरेन्स मार्फत फ्लाइट ल्यान्डिङ गराई उनलाई नजिकको अस्पताल पुर्याएको थियो । यद्यपि चिकित्सकहरुले उनलाई अस्पातल पुर्याउँदै बित्तिक्कै मृत घोषणा गरेका थिए । मृत्‍युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर