नरेन्द्र मोदीले आमा हीराबेनलाई दिए दागवत्ती – Nepal Press

नरेन्द्र मोदीले आमा हीराबेनलाई दिए दागवत्ती

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमा हीराबेन मोदीको अन्तिम संस्कार सम्पन्न गरेका छन् । मोदी आज बिहान गान्धीनगर पुगेर आमाको पार्थिव शरीरलाई अन्य दाजु भाइहरुसँगै दागवत्ती दिएका छन् ।

आज विहान ३ः३० मा १०० वर्षको उमेरमा हीराबेनको अहमदावादस्थित युएन मेहता इन्स्टिच्युट अफ कार्डियालोजी एण्ड रिसर्च सेन्टरमा मृत्यु भएको थियो । प्रधानमन्त्रीका मोदीका दाजुभाइ र अन्य पारिवारिक सदस्यहरु पनि हीराबेनको निवासमा उनको अन्तिम संस्कारका लागि पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर