भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु – Nepal Press

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु

उज्बेकिस्तान । उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ ।

बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनीको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका बिरामीको उपचार गर्न दिइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *