गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग – Nepal Press

गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गरेका छन् । राहदानी लिन लामो लाइन बस्नुपरेको गुनासो आएपछि गृहमन्त्री त्रिपुरेश्वर पुगेर अनुगमन गरेका हुन् ।

उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए ।

नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले पनि राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो । केही समय यता राहदानी विभाग राहदानी बनाउनेहरुको भीड थामिनसक्नु भएको छ ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग

  1. Good job. केही त गर न ओ । जनताले Passport को नाममा सास्ती पाए । बाँडने ठाउँ बढाउन काठमाडौंमा । विभागका घुस्याहाहरू सजिलै दिन चाहादैनन किनकी त्यस‍ गर्दा तिनले दाम पाउँदैनन । त्यसैले तिनलाई गलहत्याउ त्यो विभागबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर