महोत्सव उद्घाटन गर्न बुटवल आउँदै राष्ट्रपति

२०७९ पुष ७ गते ११:२५

रुपन्देही । राष्ट्रपति बिदादेवी भण्डारी बिहीबार रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बुटवलमा आजदेखि सुरु हुने १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउन लागेकी हुन् ।
राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति आउने भएपछि महोत्सव स्थल, नेपाल भारत सीमा क्षेत्र तथा समग्र जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भण्डारीले रुपन्देही पाल्पाको सिमानामा रहेको सिद्वबाबा मन्दिरमा समेत पूजा गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर