त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित – Nepal Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने ।

मौसममा सुधार आएपछि नियमित रुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर