सांसदहरूको शपथअघि सर्वदलीय बैठक बोलाइयो


काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक-एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने बताइएको छ ।