कीर्तिमानी अण्डाको फण्डा : किन भयो इन्स्टाग्राममा भाइरल ? – Nepal Press

कीर्तिमानी अण्डाको फण्डा : किन भयो इन्स्टाग्राममा भाइरल ?

काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ताले कस्ता कनटेन्ट मन पराउँछन् ? कस्ता तस्बिर मन पराउँछन ? वर्तमान डिजिटलाइज्ड विश्वमा यो प्रश्नको उत्तर त्यति सहजै दिन सक्ने अवस्था छैन ।

कुनै सेलिब्रेटी तथा पब्लिक फिगरले पोस्ट गरेको तस्बिरमा लाखौँ करडौ लाइक आउने कुरालाई सामान्य रुपमा पचाउन सकिएला तर फगत एउटा अण्डालाई चर्चित सामाजिक संजाल इन्स्टाग्राममा ५ करोडभन्दा माथिले मन पराएका छन् भन्ने हो भने त्यति धेरै मन पराइएको अण्डाको पछाडीको फण्डा के होला भन्ने सबैलाई कौतुहलता जाग्न सक्छ ।

हिजोसम्म मात्र पनि इन्स्टाग्राममा सर्वाधिक मन पराइएको तस्विरको ताज सोही अण्डाले पहिरिएको थियो । महान फुटबल खेलाडी लियोनल मेस्सीले विश्वकपको उपाधि उचालिरहेको तस्विर इन्स्टामा अपलोड नभएको भए अण्डाले सो ताज पहिरीरहन्थ्यो होला पनि ।

एउटा सामान्य अण्डाले विश्वका यति धेरै मानिसलाई इन्स्टाग्रामको लाईक बटन थिच्न कसरी लालायित बनायो त भन्ने पछाडीको पृष्‍ठभूिम पनि रोचक छ । वास्तवमा यो अण्डाको फण्डा अर्थात रोचक कथाको सुरुवात हुन्छ सन् २०१९ को जनावरी देखि २०१९ को जानवरी ४ मा पहिलोपटक ‘वर्ल्ड रेकर्ड एग’ नामक इन्स्टाग्राम ह्याण्डलबाट यो अण्डाको तस्बिर पहिलोपटक अपलोड भएको थियो ।

जसको क्यापसनमा लेखिएको थियो, ‘हामी सबै मिलेर एउटा विश्व रेकर्ड बनाउँ, यो तस्बिरलाई सर्वाधिक लाइक गरौँ, काइली जेनरको हालसम्मको रेकर्डलाई तोडेर ।’ सो समयसम्म विश्व चर्चित मोडल काइली जेनरले आफू आमा बनेको भन्ने सार्वजनिक गरेको तस्बिर इन्स्टाग्राममा सबै भन्दा लाइक गरिएको तस्बिर थियो ।

काइलीको फोटोमा सो समयमा १ करोड ८० लाख लाइक आएको थियो । विश्व चर्चित मोडलको तस्विरको रेकर्ड एउटा सामान्य अण्डाले तोड्ला भन्ने कसैले परिकल्पना पनि गरेका थिएनन् यधप्पी अपलोड भएको केही दिनमानै अण्डाको फोटोले काइलीको रेकर्ड तोड्यो र ३ वर्ष सम्म सो रेकर्ड कायम राख्न सफल पनि भयो ।

उक्त इन्स्टाग्राम ह्याण्डलमा अण्डाको बाहेक अरु कुनै तस्विर आज सम्म अपलोड गरिएको छैन भने यो रिपोर्ट तयार पार्दा सम्म उक्त तस्विरमा ५ करोड ७७ लाख ८४ हजार ५ सय ७५ लाइक आएको छ । अण्डालाई सर्वाधिक मन पराइएको तस्विरको रुपमा स्थापित गराउने फण्डा सोच्ने व्यक्ती हुन् क्रिस गोडफ्रे ।

उनले सन् २०२० मा सो ह्याण्डलमा एउटा फुटेको अण्डाको भिडिओ स्टोरी सेयर गर्दै लेखेका थिए । यो समाजिक संजालको चर्चाले मलाई धेरै ’प्रेसर’ दियो तपाईंलाई पनि त्यस्तै लाग्छ भने जानुहोस् कोहीसँग कुरा गर्नुहोस् ।’ उनको भिडिओ स्टोरीको सो क्यापसनले मानसिक स्वास्थ्यको आवस्यकता बारे प्रतिकातम्क सन्देश दिएको बुझ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर