लोसपा संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत

२०७९ पुष ६ गते १५:२२

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकबाट दलका नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएका हुन् । अन्य पदमा भने पछि टुङ्गो लगाउने बताइएको छ ।
थ्रेस होल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको लोसपाको चार जना प्रतिनिधिसभा सदस्य छन् ।
प्रतिक्रिया