झारफुकको बहानामा तातो पन्युले डाम्नेसहित पाँचजना काठमाडौंबाट पक्राउ – Nepal Press

झारफुकको बहानामा तातो पन्युले डाम्नेसहित पाँचजना काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट झारफुकको बहानामा विभिन्न यातना दिने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

यही पुस २ गते आमचोक गाउँपालिका वडा नं. ६ मा घर भई काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ११ मनमैजु बस्ने ३६ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा अर्घाखाँची सीतागंगा गाउँपालिकाकी हाल तारकेश्वर ८ जरंखु बस्ने गरेकी १९ वर्षीया सचिना सारु मगरले यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विगत केही वर्षदेखि काप्ने, बर्बराउने, छटपटाउने भई अस्वस्थ हुँदा झारफुक गर्न भनी मगरले पीडित महिलालाई तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याउने कार्य गरेको सूचनाका आधारमा प्रहरीले संलग्नलाई पक्राउ गरेको हो ।

पीडित महिलाको शरीरमा छाला खुइलिई पाक्ने तथा अनुहारको भागसमेत कुरुप भएको छ । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्‍जमा उपचार भइरहेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले अर्घाखाँची शिवपुरी घर भई हाल तारकेश्वर ८ बस्ने वर्ष १९ कि सचिना सारु मगर (झारफुक गर्ने) र सहयोगीहरु उदयपुर रौतामाई घर भई हाल तारकेश्वरमै बस्ने २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई १८ वर्षीय सागर मगर तथा चितवन नारायघाट घर भई हाल तारकेश्वर ८ मै बस्ने १८ वर्षीय अजित तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन–३ को म्याद थप अनुमति प्राप्‍त भई प्रहरी वृत्त बालजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, यस्ता रुढीवादी एवम् अन्धविश्वासमा नफँस्न सबैमा आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर