हामी नेपाल टी-२० लिग जित्न तयार छौँ : जनकपुर रोयल्स प्रशिक्षक पटवाल – Nepal Press

हामी नेपाल टी-२० लिग जित्न तयार छौँ : जनकपुर रोयल्स प्रशिक्षक पटवाल

काठमाडौं । शुक्रबारबाट काठमाडौंमा सुरु हुने नेपाल टी-२० लिग क्रिकेट जित्न आफ्नो टोली तयार रहेको जनकपुर रोयल्सका प्रमुख प्रशिक्षक उमेश पटवालले बताएका छन् ।

टिमको जर्सी अनावरण कार्यक्रममा मंगलबार पटवालले आफ्नो टोलीले पहिलो संस्करणको प्रतियोगिता जित्ने दाबी गरे । ’आशा छ हामी यो प्रतियोगिता जित्ने छौँ’, नेपाली राष्ट्रिय क्रिकेटका पूर्व प्रमुख प्रशिक्षकसमेत रहेका पटवालले भने ।

प्रतियोगितामा जनकपुर रोयल्ससहित ६ फ्रेन्चाइज टोली रहेका छन् । जनकपुर रोयल्सले विदेशी खेलाडीको श्रम स्विकृतीको प्रकृया पनि सम्पन्न भइसकेको जनाएको छ । जनकपुरमा ६ जना विदेशी खेलाडीसहित १७ जना रहेका छन् । वेस्ट इन्डिजका चाडविक वाल्टन, ट्रेभन अबासाई ग्रिफिथ, केस्रिक विलियम्स तथा अफगानिस्तानका सराफुद्धिन असरफ र सामिउल्लाह सिन्वारी रहेका छन् । श्रीलंकाका असन प्रियन्जन पनि टोलीमा छन् ।

नेपाली खेलाडीमा सोमपाल कामी, सन्दीप जोरा, राजेश पुलामी, आदिल अन्सारी, ललित राजबंशी,सुसन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखियालगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *