एनआईसी एसिया बैंकको निक्षेप ८ अर्बले बढ्यो


काठमाडौ । चालु आर्थिक वर्षमा एनआईसी एसिया बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ ।
नेपाल बैकर्स संघको तथ्यांक अनुसार असार मसान्तमा २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ रहेको निक्षेप रहेको एनआईसीको साउन मसान्तमा आइपुग्दा १० अर्ब १५ करोड रुपैयाँले बढेर ३ खर्ब ५ अर्ब १३ करोड पुग्यो ।
भदौ मसान्तसम्म आइपुग्दा बैंकको निक्षेपमा ३ अर्ब थपिएर ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै असोज मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप ७४ करोड रुपैयाँले घटेर ३ खर्ब ८ अर्ब १८ करोडमा झर्यो ।
त्यसयता भने बैंकको निक्षेपमा केही कमी आएको छ । यद्यपि, असार मसान्तको तुलनामा मंसिर मसान्तसम्म बैंकमा ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप थपिएको देखिन्छ । उसो त समग्र बैकिङ प्रणालीमै अपेक्षित निक्षेप बृद्धि हुन सकेको देखिदैन ।
चुनाव पछि बैकिङ प्रणालीमा पैसा आउने र तरलता सहज हुने आंकलन गरिएको थियो तर सोही अनुसार बैकिङ प्रणालीमा निक्षेपको उल्लेख सुधार हुने सकेको देखिदैन ।