हिमालयन बैंकका सेयरधनीलाई १९ प्रतिशत लाभांश

२०७९ पुष ५ गते ११:३९

काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १९।११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र हिमालयनको आगामी वार्षिक साधारण सभाबाबट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २६ प्रतिशत लाभांश दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर