डियर कांग्रेस ! गगनलाई एक मौका देऊ – Nepal Press
नेपाल प्रेस आर्काइभ

डियर कांग्रेस ! गगनलाई एक मौका देऊ

चुनाव सकिएलगत्तै सबैको मनमा खेलिरहेको प्रश्न हो- अब को बन्ला देशको प्रधानमन्त्री ? कुनै पनि पार्टीको स्पष्ट बहुमत नआएको र सत्तारुढ गठबन्धनले पनि सरकार बनाउन पुग्ने संख्या पुर्‍याउन नसक्ने अवस्थामा भावी प्रधानमन्त्रीको सन्दर्भ पेचिलो बनिरहेको छ ।

चुनावमार्फत जनताले कांग्रेस-एमालेलाई नै प्रमुख दुई शक्तिका रूपमा उभ्याए । तर, मतपरिणामको रुझानले स्पष्टरूपमा देखाएको छ कि जनताले नयाँ विकल्प खोजिरहेका छन् । पाँच महिनाअघि मात्रै खुलेको पार्टीले एकैपटक दुई दर्जन सीट जित्नु भनेको पुराना दलहरूको सामूहिक पराजय हो । अघिल्लो चुनावमा अस्तित्व संकटमा रहेको ‘राजावादी’ पार्टी राप्रपालाई संसदमा बलियो शक्तिका रूपमा पुन:स्थापित गर्नु गणतन्त्रवादी पार्टीहरूप्रति जनताको बढ्दाे विरक्तिको संकेत हो ।

निराशाको दलदलमा छ देश । यो दलदलबाट बाहिर निकालेर आशाको सञ्चार गराउने अवसर अझै पनि ठूला दलहरूसँग छ । त्यसका निम्ति अबकाे पहिलो कदम हुन सक्छ, सरकारमा नविन र सबल नेतृत्व । अब बन्ने प्रधानमन्त्रीको अनुहारमा जनताले आफ्ना सपनाहरूको प्रतिच्छायाँ देख्न पाउनुपर्छ । त्यस्तो एक अनुहार हुन सक्छन् कांग्रेस महामन्त्री गगन थापा । यसपालि देशले खोजेको प्रधानमन्त्री हुन् उनी । अबको पाँच वर्ष उनलाई प्रधानमन्त्रीको कुर्सीमा हेर्न चाहनेहरू कांग्रसभित्र मात्र होइन बाहिर पनि उत्तिकै छन् ।

गगनलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिएर मात्रै पनि हुँदैन । उनलाई काम गर्ने वातावरण दिनुपर्छ । कम्तीमा सरकार चलाउने आफ्नो टीमको छनोट उनी स्वयम्‌ले गर्न पाउनुपर्छ । विगतमा जस्तो दलहरूलाई मन्त्रालय भाग लाउने अनि, ती दलहरूले कुनै विज्ञता र अनुभवविना मन्त्रीहरूको सिफारिस गर्ने परम्परा अब तोडिनु अत्यावश्यक छ ।

नेपालमा ‘आशा गरिएका’ नेताहरूको सूचीमा अग्रपंतिमा आउँछन् गगन । उनीमाथि आशा गर्न थालिएको पनि धेरै भइसक्यो । तर, उमेरले आधा शताब्दीको नजिक पुगिसक्दा पनि आफूलाई राष्ट्र निर्माणको वास्तविक परीक्षामा उतार्ने अवसर पाएका छैनन् । एकपटक छोटो समयका लागि मन्त्री बने । त्यसबाहेक पार्टी राजनीतिमै सीमित छन् ।

अब चाहीँ उनी स्वयम् सरकारको नेतृत्व लिने घोषित उद्देश्यका साथ अघि बढेका छन् । लोकप्रिय मत ल्याएर चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्न उनको योग्यता पनि पुगेको छ । तर, अगाडि अग्ला पर्खालहरू छन्, जुन नाघ्न पक्कै सहज छैन । तर, असम्भव पनि देखिँदैन ।

०००

चुनावअगाडि एक टेलिभिजन अन्तर्वार्तामार्फत गगनले अबको संसदमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने घोषणा गर्दा त्यो बढी नै महत्वाकांक्षी सुनिएको थियो । पार्टीभित्र प्रधानमन्त्रीका आकांक्षी आधा दर्जन कथित हेभिवेटहरू हुँदाहुँदै प्रधानमन्त्री बन्ने चाहना थापाका निम्ति स्वैरकल्पना मात्रै हुनसक्ने धेरैले सोचेका थिए । तर, चुनाव सकिएर आजका दिनसम्म आइपुग्दा गगनको उक्त दाबेदारी धेरै हदसम्म स्वीकार्य र स्वाभाविक मानिँदैछ ।

गगनलाई बढी बल पुगेको छ, उनका राजनीतिक प्रतिस्पर्धी तथा पार्टीका समकक्षी नेता विश्वप्रकाश शर्माको समर्थनले । शर्माले चुनाव अगाडि नै गगनलाई प्रधानमन्त्रीमा आफैंले प्रस्ताव गर्ने घोषणा गरेका थिए । चुनावलगत्तै पनि त्यसमा अडान लिएका छन् । विश्वप्रकाशको समर्थन कति विशुद्ध हो र कति रणनीतिक अहिल्यै निर्क्यौल गर्न नसकिएला । तर, यसले कांग्रेसभित्र एउटा मीठो सन्देश प्रवाह भएको छ । केहीअघि मात्रै भएको पार्टी महाधिवेशनमा आफ्ना मुख्य प्रतिस्पर्धी बनेका नेताप्रति कुनै पूर्वाग्रह वा तुष नराखी खुल्ला हृदयले समर्थन जनाउनु उनको प्रशंसनीय पहल हो ।

यद्यपि, विश्वप्रकाशको समर्थनले मात्रै गगनको प्रधानमन्त्री बन्ने बाटो खुल्दैन । यसका लागि पार्टीभित्रको मात्र नभएर बाहिरको पनि अंकगणित मिलाउनुपर्ने हुन्छ । अहिलेको स्थितिमा त्यो अत्यन्तै जटिल र गञ्जागोल देखिन्छ । उनलाई पार्टीको आफ्नै पुरानो गुटभित्रबाट समेत असहयोग हुनसक्ने स्थिति छ । ‘हामी राजनीतिमा यत्रो त्याग-तपस्या गरेका, जेलनेल भोगेका वरिष्ठ नेताहरूको पालो आएको छैन, हिजोको केटोलाई कसरी प्रधानमन्त्रीमा स्वीकार्ने ?’ कांग्रेसका ‘घडघडान’ हरू यही मनस्थितिमा छन् ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना ज्योतिषिको भविष्यवाणीको इज्जत राख्दै सातौंपटक प्रधानमन्त्री बन्नु छ । विगतमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका रामचन्द्र पौडेललाई एकपटक त्यो कुर्सीमा बसेरमात्रै अन्तिम स्वास फेर्ने घिडघिडो छ । शशांक कोइरालादेखि प्रकाशमान सिंह पनि त्यही कुर्सीमा र्‍याल काढिरहेका छन् । यी वरिष्ठहरूले ‘फुच्चे’ गगनको प्रधानमन्त्रीमा दाबेदारीलाई सिरियसली लिएकै छैनन् ।

गगन कम्तीमा संघीयता खारेजीको पक्षमा उभिनै पर्छ । नेपालमा संघीय प्रणाली अत्यन्तै आलोकप्रिय र असफल सावित भइसक्यो । प्रदेशहरू केवल मन्त्री उत्पादन गर्ने कारखाना र राज्यका गलगाँड हुन् भन्ने व्यवहारतः देखिसकियो । संसदको दुईतिहाइ जुटाएर संघीय प्रणाली खारेज गर्न संविधान संशोधनको पहल गगनले गरे भने उनको लोकप्रियता चुलीमा पुग्ने निश्चित छ ।

गगन थापाले चुनावअगाडि नै जोखिम मोलेर आफूलाई भावी प्रधानमन्त्रीको प्रत्याशीका रूपमा प्रस्तुत गरेका थिए । त्यो उनको साहसिक निर्णय थियो भने कांग्रेसका लागि एक अवसर पनि । यदि गगनको दाबेदारीलाई कांग्रेसले अपनत्व लिएको भए चुनावी नतिजामा धेरै फरक पर्न सक्थ्यो । गगनलाई भावी प्रधानमन्त्रीका रूपमा पूर्वघोषणा गरेर चुनावमा होमिएको भए सम्भवतः कांग्रेसले बहुमत नै ल्याउने गरी जनलहर सिर्जना गर्न सम्भव थियो । त्यो ‘ट्रिक’ कांग्रसले गुमाएकै हो । अब अर्को अवसर छ कांग्रेससँग- गगनलाई प्रधानमन्त्रीमा अघि सारेर जनचाहनाको सम्बोधन गर्ने । तर, वरिष्ठहरूले यस्तो उदारता देखाउने सम्भावना न्यून छ ।

गगनले प्रधानमन्त्रीमा आफ्नो दाबी बलियो बनाउनका लागि सर्वप्रथम पार्टीको संसदीय दलको नेता चयन हुनुपर्छ । गुटगत आधारमा हेर्ने हो भने उनीसँग संसदीय दलको चुनाव जित्ने संख्या छैन । तर, आफूलाई प्रधानमन्त्री बनाउनका निम्ति पार्टीका सांसदहरूले गुट बिर्सेर मतदान गर्ने विश्वास उनलाई छ । फरक गुटका विश्वप्रकाशको समर्थनले पनि त्यही नै देखाउँछ । भोलि प्रदीप पौडेल लगायतका युवा सांसदहरूले पनि गगनलाई समर्थन नगरिरहन सक्ने छैनन् । यसले उनको पक्षमा माहोल बन्छ कि भन्ने आशा छ ।

अहिलेसम्म गगनको प्रमुख चुनौतीका रूपमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नै हेरिएको छ । देउवाले अहिलेसम्म फेरि प्रधानमन्त्री बन्ने चाहना खुलेर प्रकट गरेका छैनन् । तर, धेरैलाई लागेको छ कि उनी फेरि प्रधानमन्त्रीकाे दाैडमा सामेल हुनेछन् । यदि गठबन्धनका दलबाट प्रधानमन्त्रीको लागि समर्थन प्राप्त गरे र बहुमत पुग्ने देखियो भने उनी संसदीय दलको नेतामा लड्ने निश्चित छ । होइन भने आफू राष्ट्रपति बन्ने चाँजोपाँजो मिलाउन लाग्ने स्रोतको भनाइ छ । यदि देउवाले राष्ट्रपति ताके भने पनि प्रधानमन्त्रीमा गगनलाई समर्थन गर्ने छैनन् । उनी पार्टीभित्रकै आफ्नो कोही विश्वासपत्रलाई दलको निर्वाचनमा खडा गर्न सक्छन् । त्यसबेला गगनलाई केही सहज त होला, तर पनि जित्ने निश्चित भने हुँदैन ।

उनको सबैभन्दा कमजोर पक्ष भनेको देशका प्रमुख राजनीतिक एजेण्डाहरूप्रति सही दृष्टिकोण अंगाल्न नसक्नु हो । आजको दिनमा माओवादी अध्यक्ष प्रचण्ड र गगन थापाका एजेण्डामा आधारभूत फरक पाउन सकिन्न । माओवादीले भित्र्याएका प्रायोजित एजेण्डालाई कांग्रेसले काँध थापेर देशलाई यहाँसम्म ल्याइपुर्‍याएको छ । कांग्रेस यसरी माओवादीका एजेण्डाको भरिया बनेकोमा गगन थापालाई कुनै ग्लानी छैन ।

यदि संसदीय दलको चुनाव हारे भने पनि संविधानतः गगन प्रधानमन्त्री बन्ने बाटो पूर्णरूपमा बन्द हुँदैन । मिलीजुली सरकारको प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता निर्वाचित हुनैपर्ने बाध्यकारी व्यवस्था संविधानमा छैन । ‘यदि कुनै पनि पार्टीको स्पष्ट बहुमत नआएको खण्डमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ संविधानको धारा ७६ को उपधारा २ मा उल्लेख छ । त्यसैले गगनले कांग्रेस र अरु दलका सांसदहरू मिलाएर बहुमत पुर्‍याएर प्रधानमन्त्रीमा दाबी पेश गर्न सक्छन् । यद्यपि, संसदीय दलको नेतालाई नै प्रधानमन्त्रीका रूपमा अघि सारिने कांग्रेस विधानको व्यवस्था उनले कुल्चिनुपर्ने हुन्छ ।

यदि संसदीय दलको नेतामा जिते भने गगनको बाटो सहज हुने छ । त्यसपछि उनले बहुमत जुटाउन अन्य पार्टीहरूसँग पहल गर्नेछन् । उनको पहिलो प्राथमिकता गठबन्धनमा रहेका पार्टीहरू नै हुनेछन् । त्यसपछि गगनको आशा छ रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा । अहिले प्रतिनिधिसभामा उल्लेख्य संख्यासहित उपस्थित रास्वपाले प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्नेमा गगन ढुक्क छन् । चुनावमा घन्टीका उम्मेदवारहरूलाई भित्रीरूपमा गगन थापाले सघाएको चर्चाबीच रास्वपामा गगनप्रति सफ्टकर्नर स्पष्ट देखिन्छ ।

जे होस्, युवा र पपुलर अनुहार भएका कारण पनि गगनलाई रास्वपाले समर्थन गर्ने बलियो सम्भावना छ । कांग्रेसको संसदीय दल नेता निर्वाचित भएको अवस्थामा आफूहरू गगनको पक्षमा खुल्न सक्ने रास्वपाका एक नेता बताउँछन् । गठबन्धन र रास्वपाको समर्थनले गगनको नेतृत्वमा बलियो सरकारको निर्माण हुन सक्छ । उनले अहिले सोचेको यही नै हो ।

०००

युवालाई अघि सार्ने नाममा कुनै अनुभव र परिपक्वता नभएको उरन्ठेउलोलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा यो पंतिकार पनि छैन । तर, गगन थापा अब उरेन्ठेउलो युवा रहेनन् । उनीसँग करिब २५ वर्ष राजनीति गरेको, विभिन्न जनआन्दोलनहरूमा सक्रिय सहभागी बनेकाे, ९ महिना मन्त्री चलाएको, पार्टीको उच्च पदमा पुगेकोलगायत पर्याप्त पृष्ठभूमि छन् । योभन्दा पनि महत्वपूर्ण चाहीँ उनीसँग देशको नेतृत्व गर्न सक्ने आत्मविश्वास र अठाेट छ । यो देशलाई अब विदेशीसामु र्‍याल काढ्ने र उँघ्ने होइन, गगनजस्तै मानसिकरूपमा तेजिलो र शारीरिकरूपमा तन्दुरुस्त प्रधानमन्त्री चाहिएको छ ।

गगन नेपाली राजनीतिका एक प्रतिभा हुन् । उनका सकारात्मक पक्षहरू धेरै छन् । ओजिलो व्यक्तित्वका धनी गगन एक सुशिक्षित नेता हुन् । संगठन निर्माण र नेतृत्वको कला उनीसँग छ । कम उमेरमै पार्टीको उच्च पदमा पुगेर उनले आफ्नो त्यो क्षमताको परिचय दिइसकेका छन् ।

गगन एक प्रखर वक्ता हुन् । उनी तेजतर्रार र तार्किक अभिव्यक्ति दिन माहिर छन् । अध्ययनशीलता उनकाे अर्काे सवल पक्ष हाे । उनी तयारीका साथ बोल्छन् । विषयवस्तुमा गहिरो दख्खल राख्छन् ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना ज्योतिषिको भविष्यवाणीको इज्जत राख्दै सातौंपटक प्रधानमन्त्री बन्नु छ । विगतमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका रामचन्द्र पौडेललाई एकपटक त्यो कुर्सीमा बसेरमात्रै अन्तिम स्वास फेर्ने घिडघिडो छ । शशांक कोइरालादेखि प्रकाशमान सिंह पनि त्यही कुर्सीमा र्‍याल काढिरहेका छन् । यी वरिष्ठहरूले ‘फुच्चे’ गगनको प्रधानमन्त्रीमा दाबेदारीलाई सिरियसली लिएकै छैनन् ।

गगन अहिलेसम्म कुनै पनि गम्भीर विवादमा मुछिएका छैनन् । हरेक जिम्मेवारीमा सत्‌प्रतिशत दिने प्रयास गर्छन् । विगतमा ९ महिना स्वास्थ्यमन्त्री भए । स्वास्थ्यमन्त्रालय उनको विज्ञताको क्षेत्र थिएन । तर, पनि उनले सन्तोषजनक कार्यसम्पादन गरे ।

०००

गगन थापा प्रधानमन्त्री बन्नेबित्तिकै देशमा कायापलट हुन्छ भन्ने होइन । उनी असफल पनि हुन सक्छन् । आज उनीप्रति जस्तो आशा राखिएको छ, एक समय तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईमाथि योभन्दा बेजोड आशा राखिन्थ्यो । माओवादीले पहिलो संविधानसभा चुनावमा जनलहरसहित बहुमत ल्याउँदा डा. बाबुरामले सर्वाधिक मतान्तरको जित हासिल गरेका थिए । त्यसबेला अरु पार्टीमा आस्था राख्नेहरू पनि प्रधानमन्त्रीमा बाबुरामलाई देख्न चाहन्थे । यद्यपि, प्रचण्ड प्रधानमन्त्री बने र बाबुराम अर्थमन्त्री । अर्थमन्त्रीका पदमा रहँदा देशको राजस्व बढाउनुबाहेक उल्लेख्य काम गर्न सकेनन् । तर, आन्तरिक राजश्व बढाउनु कुनै गर्विलो काम किन थिएन भने यो देशका जनताबाटै उठाउने पैसा हो । जनताबाट धेरै पैसा उठाउन सफल भएकोमा नाक फुलाउनको कुनै अर्थ रहन्न ।

कालान्तरमा बाबुराम प्रधानमन्त्री पनि बने । नेपालमा बनेको मुस्ताङ म्याक्स गाडी चढेर लोकप्रिय ढंगले यात्रा प्रारम्भ गरे । तर, १९ महिना प्रधामन्त्रीको कुर्सीमा बस्दा उनीबाट कुनै स्मरणीय काम भएन । बरु भारतसँग विप्पा सम्झौता गरेर विवादित बने । संविधानसभाको हत्या गरेको आरोप लाग्यो । अन्तत: उनी प्रधानमन्त्रीबाट हट्दा जनता दु:खी हुनुपर्ने अवस्था आएन । अहिले बाबुरामको लोकप्रियता कुन गहिराइमा खसेकाे छ भनिरहनु नपर्ला ।

०००

अवश्य पनि, सर्वगुणसम्पन्न नेता होइनन् गगन । कोही हुन पनि सक्दैन । मिहिनरूपमा केलाउँदा उनमा विभिन्न कमी-कमजोरी भेट्न सकिन्छ ।

उनको सबैभन्दा कमजोर पक्ष भनेको देशका प्रमुख राजनीतिक एजेण्डाहरूप्रति सही दृष्टिकोण अंगाल्न नसक्नु हो । आजको दिनमा माओवादी अध्यक्ष प्रचण्ड र गगन थापाका एजेण्डामा आधारभूत फरक पाइन्न । माओवादीले देशमा भित्र्याएका प्रायोजित एजेण्डालाई कांग्रेसले काँध थापेर यहाँसम्म ल्याइपुर्‍याएको छ । गणतन्त्रदेखि धर्मनिरपेक्षता, संघीयता, जातीय आरक्षण केही पनि कांग्रेसका मौलिक एजेण्डा होइनन् । कांग्रेस यसरी माओवादीका एजेण्डाको भरिया बनेकोमा गगन थापालाई कुनै ग्लानी छैन ।

जातीयता र साम्प्रदायिकताकाे जुन ‘विषवृक्ष’ प्रचण्डले नेपाली राजनीतिमा रोपे, त्यसलाई मिहिनेपूर्वक जलसेचन गरेर हुर्काउने काम कांग्रेसले गर्‍यो ।  गगन थापाले बीपी कोइरालालाई आफ्नो आदर्श मान्छन्, तर बीपीको सिद्धान्तबाट उछिट्टिएर उनी निकै पर पुगिसकेका छन् । यदि माओवादी जनयुद्धको बलमा देशमा स्थापित गरिएका दक्षिण देशबाट प्रायाेजित एजेण्डाहरूको विपक्षमा आफूलाई उभ्याउन सकेनन् भने भोलि प्रधानमन्त्री बने भने पनि केही लछार्न सक्दैनन् । तर, आफ्नो राजनीतिक भिजन सच्याएर अघि बढे भने उनले देशलाई नै सही ट्र्याकमा ल्याउन सक्नेछन् ।

गगन कम्तीमा संघीयता खारेजीको पक्षमा उभिनै पर्छ । नेपालमा संघीय प्रणाली अत्यन्तै आलोकप्रिय र असफल सावित भइसक्यो । प्रदेशहरू केवल मन्त्री उत्पादन गर्ने कारखाना र राज्यका गलगाँड हुन् भन्ने व्यवहारतः देखिसकियो । संसदको दुईतिहाइ जुटाएर संघीय प्रणाली खारेज गर्न संविधान संशोधनको पहल गगनले गरे भने देशका लागि ठूलाे गून हुन्छ ।

गगनलाई भावी प्रधानमन्त्रीका रूपमा पूर्वघोषणा गरेर चुनावमा होमिएको भए सम्भवतः कांग्रेसले बहुमत नै ल्याउने गरी जनलहर सिर्जना गर्न सम्भव थियो । त्यो ‘ट्रिक’ कांग्रसले गुमाएकै हो । अब अर्को अवसर छ कांग्रेससँग- गगनलाई प्रधानमन्त्रीमा अघि सारेर जनचाहनाको सम्बोधन गर्ने । तर, वरिष्ठहरूले यस्तो उदारता देखाउने सम्भावना न्यून छ ।

गगन ‘राष्ट्रियता’ लाई केन्द्रमा राखेर राजनीति गर्दैनन् भन्ने आरोप लाग्छ । नाकाबन्दीको कडा विरोध गर्न नसकेकोदेखि ‘राष्ट्रघाती’ नागरिकता विधेयकको पक्षमा उभिएका सन्दर्भहरू हेर्दा यस्तो आरोपलाई ठाडै नकार्न सकिन्न । भारतबाट नेपालमा भइरहेको जनसांख्यिक अतिक्रमणलाई नजरअन्दाज गर्दै उनले नेपालकाे नागरिकता कानून खुकुलो बनाउनुपर्ने वकालत गरिरहेका छन् ।

गगनलाई आलोचकले लोकरिझ्याइँमा रमाउने नेताका रूपमा लिन्छन् । यसमा आंशिक सत्यता छ । उनी ‘लोकप्रिय’ विषयमा बोल्न हतारिन्छन्, तर विवादित विषयमा मुख खोल्न हिच्किचाउँछन् । सकभर ‘एन्टिकरेन्ट’ जानु नपरोस् भन्ने चेष्टा हुन्छ । उदाहरणका लागि एमसीसीलाई लिन सकिन्छ । उनले लामो समय एमसीसीको विषयमा सकसपूर्ण मौनता साँधिरहेका थिए । पार्टी महामन्त्री बनेपछि बाध्यात्मक अवस्थामा मात्रै एमसीसीको पक्षमा खुलेका हुन् ।

गगनमाथि लाग्ने अर्को आरोप हो, उनी भिडमा रमाउँछन् । अर्थात्, जहाँ भिड छ, त्यहाँ आफूलाई पाउन लालायित हुन्छन् । केही दिनअघि उनी खगेन्द्र संग्रौलामाथि लेखिएको पुस्तक विमोचन कार्यक्रममा पुगे । त्यो पनि आफ्नो हैसियत बिर्सिएर ‘कार्यक्रम सञ्चालक’ को भूमिकामा ।

०००

विभिन्न कमी-कमजोरीका बाबजुद गगन नेपालमा उपलब्धमध्ये बढी पाेटेन्सियल भएका नेता हुन् । अलिकति सही भिजन समाते भने उनले सरकारको कुशल नेतृत्व गर्न सक्छन् । देशमा परिवर्तनको आभास गराउन सक्छन् । उनीसँग काम गर्न पर्याप्त समय पनि छ । त्यसैले एक मौका उनले पाउनैपर्छ । उनकाे उमेरका हिसाबले पनि अहिले सबैभन्दा सही बेला हो । कम्तीमा जनकांक्षाको सम्बोधनका खातिर भए पनि कांग्रेसले गगनलाई परीक्षामा उतारोस् ।

गगनलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिएर मात्रै पनि हुँदैन । उनलाई काम गर्ने वातावरण दिनुपर्छ । कम्तीमा सरकार चलाउने आफ्नो टीमको छनोट उनी स्वयम्‌ले गर्न पाउनुपर्छ । विगतमा जस्तो दलहरूलाई मन्त्रालय भाग लाउने अनि, ती दलहरूले कुनै विज्ञता र अनुभवविना मन्त्रीहरूको सिफारिस गर्ने परम्परा अब तोडिनु अत्यावश्यक छ । प्रधानमन्त्रीलाई पार्टीको दास बनाउने होइन, स्वच्छन्द तरिकाले काम गर्न दिनुपर्छ ।

जनता चाहँदैनन् कि गगन पनि अर्को बाबुराम भएर सकिउन् ।

(२०७९ मंसिर १२ गते १०:२२ बजे प्रकाशित यो सामग्री पुन: प्रकाशन गरिएको)

प्रतिक्रिया

One thought on “डियर कांग्रेस ! गगनलाई एक मौका देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *