बैतडीमा शिक्षकको शव आफन्तले बुझेनन्, घटनाको छानबिन गर्न प्रहरीसँग माग


कैलाली । शनिबार दिउँसो मृत अवस्थामा बैतडीमा फेला परेका शिक्षक धनबहादुर बिष्टको शव आफन्तले अझैबुझ्न मानेका छैनन् । उनको हत्या भएको भन्दै दोषीलाई कारबाही नहुँदा सम्म शव नबुझ्ने आफन्तहरूले अडान लिएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्ट शव कृष्ण माविकै छात्रावास भवन पछाडि भिरालो ठाउँमा फेला परेको थियो ।
शिक्षक बिष्टको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तहरूले घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभई हत्या भएको परिवारजनले आशङ्का छ । मृतक बिष्टको शरीर भरी नीलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लीला बिष्टले बताइन् ।
आज विद्यार्थीहरुले घटनाको सत्य तथ्यको माग गर्दै प्रदर्शन समेत गरेका थिए । घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।