अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला

२०७९ पुष ३ गते १९:३६

सांकेतिक तस्बिर ।
रुपन्देही । अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका-१ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शिशुलाई कुकुरले आधा खाईसकेको र बच्चा कस्को र के कारणले फालिएको भन्ने कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर