माओवादीको निर्णय- पहिले सांसदहरुको सपथग्रहण,त्यसपछि सरकार गठनबारे छलफल


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने ठहर गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने निष्कर्ष पार्टीको रहेको बताए । त्यसपछि अरु विषयमा छलफल गर्ने उनको भनाइ थियो ।
माओवादीको पदाधिकारी बैठक अनौपचारिक रुपमा मात्र भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए । तर, पहिले सपथग्रहण हुनुपर्ने पार्टीको निर्णय रहेको उनले सुनाए ।