मानव अधिकार तथा शान्ति समाजको अध्यक्षमा बस्नेतको उम्मेदवारी


काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न । पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५औ राष्ट्रिय परिषद बैठकले नयाँ नेतृत्व चयन गर्ने छ । दाङ निवासी बस्नेत शान्ति समाजको हाल वरिष्ठ उपसभापति हुन । उनी अढाई दशकदेखि सक्रिय छ्न ।
बस्नेत केन्द्रीय महासचिव, सचिव, केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सचिव, सहसचिव र सदस्य पदको भूमिकामा रहि मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको पक्षमा सदै अग्रपंक्तिमा रहि अभियान सन्चालन गर्दै आएका छ्न ।
बस्नेतले सामाजिक न्यायको क्षेत्रमा राष्ट्रिय स्तरमा चर्चामा आउने गरि काम गरेका कयौ सवाल छ्न । महिला, अपाङता व्यक्तिहरु, दलित समुदाय, जेष्ठ नागरिक, बालबालिका, यौनिक तथा अल्पसंख्यक, सीमान्तकृत समुदायको सवालको पक्षमा बुलन्द आवाज उठाउने र त्यसका लागि अग्रपंक्तिमा रहने गरेका ती समुदायको भनाई छ ।
जिल्ला शाखाहरुमा समन्वय, सहकार्य गर्दै शान्ति समाजका अभियानलाई थप प्रभावकारी बनाउदै आएका केन्द्रिय सभापति पदका उम्मेदवार बस्नेत जिल्ला शाखाहरुमा निकै चर्चामा रहेका । दाङ शाखाले सभापतिको उम्मेदवारमा सिफारिस गरिएका बस्नेतको नेतृत्व, समन्वय र सक्रियताको गुणका कारणले पटकपटक गरी ७ पटक राष्ट्रिय परिषद बैठकबाट दाङ उत्कृष्ट शाखा बनेको छ ।
बस्नेतले शान्ति समाजको मुल्यमान्यतालाई आत्मसाथ गर्दै सातबुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छ्न । २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन ।
शान्ति समाजको राष्ट्रिय परिषद बैठकले २७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्नेछ । कार्य समितिको कार्यकाल २ बर्ष हुने वैधानिक व्यवस्था छ । परिषदमा ३३ जिल्लाका २५० बढी प्रतिनिधि तथा परिबेक्षकको सहभागीता रहने छ ।
उनी दाङ्गमा बसेर पत्रकारिता समेत गर्दै अएका छन् ।