जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

२०७९ पुष ३ गते ८:४७

सांकेतिक तस्विर
भरतपुर । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागीरथी सुवेदी मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिवार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर