मधेसमा ह्वात्तै चिसो बढ्यो, जनजीवन प्रभावित – Nepal Press

मधेसमा ह्वात्तै चिसो बढ्यो, जनजीवन प्रभावित

जनकपुरधाम । धनुषा, सिरहा, महोत्तरीलगायत मधेशका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । चिसोले मधेसको जनजीवन प्रभावित बनेको हो ।

विहानैदेखि बाक्लो हुस्सु (कुहिरो) लागेको छ । विहान १० बज्दा पनि हुस्सु कम भएको छैन । हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग र अन्य व्यस्त सडकहरुमा सवारी साधन दुर्घटनाको जोखिम बढेको छ ।

हुस्सुबाट जोगिन सवारी साधनहरु लाइट बाल्नुपर्ने अवस्था सृजना भएको छ । विशेषगरी चिसोबाट विपन्न बर्गका बृद्ध र बालबालिका बढी समस्यामा परेका छन् । चिसोकै कारण अस्पतालमा समेत विरामीको संख्या बढ्न थालेको छ ।

‘आज चिसो ह्वात्तै बढ्यो’, जनकपुरधाममा ठेला चलाउँदै आएका सञ्जय राम भन्छन्, ‘हात नै काम गर्दैन । कसरी काम गर्ने ?’ चिसोबाट आफूजस्ता मजदुरहरु बढी सममस्यामा परेको उनले सुनाए ।

चिसोबाट जोगिन गाउँघरमा मानिसहरु घुरा (आगो) बालेर बसेको देखिन्छन् । चिसोले गाई-गोरुलाई समेत सताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर