लोकन्थलीबाट साढे ९ लाख बराबरको सुनका गहना चोरी

२०७९ पुष १ गते ७:०५

सांकेतिक तस्बिर ।
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
थिमि प्रहरीले चोरीमा संलग्नको खोजी जारी रहेको बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर