सोविता गौतमको चुनाव खर्च ३ लाख ७१ हजार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित भएकी सोविता गौतमले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी छन् । उनले चुनावमा आफ्नो ३ लाख ७१ हजार खर्च भएको बुझाएकी हुन् ।
उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।
यस्तै, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको बताएकी छन् ।
उनले माओवादी केन्द्रकी पूर्व सभामुखसमेत रहेकी ओनसरी घर्ती मगर र एमालेका मणिराम फुयाललाई हराएकी थिइन् ।