काठमाडौंबाट मात्रै ५२ जना सांसद – Nepal Press

काठमाडौंबाट मात्रै ५२ जना सांसद

हेटौँडा । निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको राजधानी रहेको काठमाडौं जिल्लाबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।

१० प्रतिनिधि तथा २० प्रदेशसभासहित ३० वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा थप २२ जना विभिन्न राजनीतिक दलको तर्फबाट समानुपातिक सांसद बन्दै सदन प्रवेश गर्ने भएका हुन् ।

प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले ३, नेकपा एमालेले २, तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ गरी ८ जनालाई काठमाडाैंबाट सांसद बनाएको थियो । यो सँगै प्रतिनिधिसभाबाट मात्र काठमाडाैंले १८ जना सांसद पाएको थियो ।

निर्वाचन आयोगले बुधवार समानुपातिक तर्फको पनि अन्तिम नामावली सार्वजनिक गरेपछि काठमाडाैंबाट प्रदेशसभामा प्रतिनिधिसभा २० तथा प्रदेशतर्फ १४ जनाले अवसर पाएको पाइएको छ । प्रत्यक्षतर्फ २० सिट अनिवार्य रकेको काठमाडाैंले समानुपातिकतर्फ पनि १४ जना सांसद पाएसँगै प्रतिनिधिसभा गर ५२ जना सांसद पाएको छ ।

प्रदेशको समानुपातिक तर्फ कांग्रेसले ६ जना, एमालेले ४ जना, एकीकृत समाजवादीले १ जना, राप्रपाले २ जना तथा हाम्रो नेपाली पार्टीले १ जना काठमाडाैंबाट प्रतिनिधित्व गराएका छन् ।

माओवादी शून्य

प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको माओवादी केन्द्रको काठमाडाैंमा जनप्रतिनिधि शून्य भएको छ ।

माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ १ जनालाई पनि समानुपातिक तर्फ पठाएन । प्रत्यक्षमा १४ र बागमती प्रदेशमा २१ सिट समानुपातिकमा प्राप्त गरे पनि काठमाडाैंबाट प्रतिनिधित्व शून्य भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर