लघुवित्तले पनि माघदेखि मासिक रूपमा आधार दर सार्वजनिक गर्नुपर्ने


काठमाडौँ । घ वर्गका लघुवित्त संस्थाले पनि माघ देखि मासिक रूपमा आधार दर प्रकाशन गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार एक परिपत्र जारी गर्दै आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । पछिल्लो समय लघुवित्तहरूले ऋणीहरूलाई ठगेको भन्दै जनस्तरबाट गुनासो आइरहेको छ ।
ऋणको ब्याजदर अचाक्ली महँगो लिएको आरोप लघुवित्तमाथि छ । बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात् बेस रेट हो ।
बेस रेटमा वित्तीय संस्थाले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।