आफूले पढेको विद्यालयमा पुगेर प्रचण्डले भने : छिट्टै प्रधानमन्त्री बन्दैछु (भिडिओ) – Nepal Press

आफूले पढेको विद्यालयमा पुगेर प्रचण्डले भने : छिट्टै प्रधानमन्त्री बन्दैछु (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो । दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ ।’

अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताए। उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताए ।

निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए । यो निर्वाचनले दलहरुलाई ठूलै चुनौती देखिएको उनको भनाइ छ। नयाँ दलको उदयलाई चुनौती र अवसरको रुपमा लिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर