रिभेन्ज लभको ट्रेलर सार्वजनिक – Nepal Press

रिभेन्ज लभको ट्रेलर सार्वजनिक

काठमाडौं । मन्दिप राना निर्देशित तेस्रो सिनेमा रिभेन्ज लभको ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय रहेको छ । पोखराका युवाहरूले मिलेर सिनेमा निर्माण गरेका हुन् ।

सिनेमामा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथावस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउँछन् ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा एक्सन, कोरीयोग्राफ र निर्देशन मन्दिप रानाको छ ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको सिनेमामा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ ।

सिनेमाको निर्मातामा नवीन घताने र श्याम शुक्ल फिल्म प्रोडक्सन तथा सह९निर्मातामा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन् ।

सिनेमाका निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अबिराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको छ ।

श्याम शुक्ल प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्युबमा रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर