निर्वाचनको समीक्षामा जुट्यो माओवादी गण्डकी प्रदेश कमिटी

२०७९ मंसिर २८ गते ११:३६

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक बसेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पोखरामा बैठक बसिरहेको छ ।
बैठकमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समीक्षा र गण्डकी प्रदेश सरकार गठनलगायतका बिषयमा छलफल भइरहेको छ ।
बैठकलाई प्रचण्डले प्रशिक्षण दिनुका साथै निर्वाचनको बारेमा आत्मसमीक्षा गरेर अघि बढ्न पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया