गठबन्धन सरकारमा जाने लोसपा शीर्ष नेताहरूमा सहमति – Nepal Press

गठबन्धन सरकारमा जाने लोसपा शीर्ष नेताहरूमा सहमति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनको सरकारमा जाने भएको छ। काठमाडौंमा बसेको शीर्ष नेताहरुको बैठकले गठबन्धन नेतृत्वको सरकारमा जाने निर्णय गरेको हो।

गठबन्धनकै सरकार बन्ने भएपछि लोसपा स्वाभाविक रूपमै सरकारमा जाने नेता शरदसिंह भण्डारीले बताए।

उनले नेपाल प्रेससँग भने, ‘हामी गठबन्धनबाटै निर्वाचनमा गएका हौँ। अब गठबन्धनकै सरकार बन्ने भएपछि हामी सरकारमा जाने कुरामा कुनै समस्या छैन।’

बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित शीर्ष नेताहरू सहभागी थिए। चुनावको अन्तिम समयमा जसपा बाहिरिएपछि गठबन्धनमा जोडिएको लोसपाले केही सीटमा मात्रै तालमेल गरेको थियो।

प्रत्यक्षमा ४ सीट जितेको लोसपा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल भने बन्न असफल रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर